विराटनगर– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पिता एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुधबार संसद्मा सम्झेका छन् । सुवास नेम्वाङको आज जन्मदिन भएको संसदलाई जानकारी गराउँदै उनले श्रद्धासुमन व्यक्त गरे । ‘आज हामी सबैको नेता, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको जन्मदिन । म उहाँलाई सम्झिएर श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,’ नेम्वाङले प्रतिनिधिसभा बैठकमा भने ।
२०८० को भदौ २६ मा सुवासको हृदयघातबाट निधन भएपछि रिक्त इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनमा सुहाङ एमालेबाट प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए । चर्काचर्की, आरोप–प्रत्यारोप र अनाहकका विवाद गरेर चर्चामा रहने सांसदभन्दा सुहाङको शैली सुन्दर र सुशील थियो ।
उनले बुवा सुवासलाई श्रद्धासुमन व्यक्त गर्दै इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे संसद्लाई जानकारी गराए । छुर्पीको बजारले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको जानकारी गराउँदै उनले वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको बताए । ‘तर, सम्भावना बोकेको वस्तु खासगरी अन्तर्राष्ट्रिय बजारमा भ्याटको अन्यौलताले प्रतिस्पर्धामा समस्या हुने देखिएको छ,’ नेम्वाङले भने, ‘यसबाट छुर्पी किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना भएको छ ।’
उनले नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशा देखिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए । ‘नेपालबाट निर्यात हुने एकमात्रै दुधजन्य पदार्थको उत्पादनमा निराशापन देखिएकोले व्यवसायमा संकट पैदा भइरहेको छ । म यो समस्याको उचित समाधान र सम्बोधनका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु,’ उनले भने ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares