६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

प्रेस चौतारीमा नेतृत्व चयन सर्वसम्मत गर्ने निर्वाचन कार्यतालिका

अध्यक्षको मनोनयन शुल्क ३५ हजार
द नेप्लिज संवाददाता
११ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– प्रेस चौतारी नेपालको जारी १० औँ महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उम्मेदवारको अन्तिम नामावली सोमबार ४ः२० बजे र त्यसको १० मिनेटपछि ४ः३० बजे निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने उल्लेख छ । 

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि अध्यक्षका उम्मेदवारलाई ३५ हजार, पदाधिकारीको २५ हजार, केन्द्रीय आयोग अध्यक्षको १५ हजार र केन्द्रीय सदस्यको मनोनयन शुल्क १० हजार निर्धारण गरेको छ । प्रेस चौतारीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्न मनोनयन शुल्क अत्यधिक तोकेको पत्रकारहरुको भनाइ छ । 

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गराउन दिएको निर्देशन अनुसार नेताहरुले चौतारीको कार्यसमिति निर्विरोध गराउन खटिएका छन् । निवर्तमान उपाध्यक्ष राजेश राईको प्यानलले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न माग गर्दै आएका छन् । उनले चुनावी प्रक्रियाबाट नेतृत्व चयनको माग गरेपछि अत्यन्तै दवाव आएको दिएको गुनासो पोखे । 

प्रकाशित : ११ चैत २०८१, सोमबार 15:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved