१५ वैशाख २०८२, सोमबार 28 Apr 2025, Monday

प्रगतिशील लेखक संघमा बुढाथोकी सर्वसम्मत

द नेप्लिज संवाददाता
२९ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर– प्रगतिशील लेखक संघ(प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मासमेतको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । 

संघको सचिवमा सनम थापा, सहसचिवमा कवि राम गुरुङ, कोषाध्यक्षमा तारा घिमिरे, सदस्यहरुमा  साहित्यकार कृष्ण चापागाईं, गीताञ्जली कटुवाल र पार्वती नेपाली चयन भएको निर्वाचन कमिटीका संयोजक मानसिंह पोखरेलले जानकारी दिए । 

संघको प्रथम बैठकले लक्ष्मी ढुंगाना, प्रदेश प्रतिनिधि राजेन्द्र सर्वहारा निरौला र कृष्णबहादुर चापागाईलाई केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केही पदहरु जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक सन्तुलन मिल्ने गरी मनोनित गर्दै जाने गरी समिति गठन भएको छ । 

नेपाली राजनीतिक आकाशमा मडारिएको विकृतिविरुद्ध जनवादी संस्कृतिको निर्माणमा लेखन कार्यलाई निरन्तरता दिने तथा प्रगतिशील विचारलाई सहकार्य र एकताका आधारमा उन्नतितर्फ अघि बढाउन गतिरोधको अन्त्य गर्न समिति क्रियाशील रहने नवनिर्वाचित अध्यक्ष बुढाथोकीले प्रतिबद्धता जनाए ।
 
अधिवेशनमा नेकपा एमालेका अध्यक्ष खड्गबहादुर राई, नेकपा माओवादी जिल्ला सहइन्चार्ज कृष्ण जिमी ‘भरत’, नेकपा एसका जिल्ला अध्यक्ष मानसिंह पोखरेल, जसपा नेपालका जिल्ला अध्यक्ष सीताराम तिम्सिना, वरुण बहुमुखी क्याम्पस प्रमुख चित्रलेखा अधिकारी, हिमालय किरण क्याम्पस प्रमुख टीकाराम श्रेष्ठ, शिक्षक महासंघ अध्यक्ष शेरबहादुर पुरी, शिक्षक संगठन उपाध्यक्ष रामप्रसाद लम्साल, योगमाया विश्वविद्यालयका अभियन्ता डा. मातृकाप्रसाद तिम्सिनालगायत तीन दर्जन बढी साहित्यकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्ना सिर्जनासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

प्रकाशित : २९ फागुन २०८१, बिहीबार 16:26
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved