विराटनगर– ‘नो केबलकार समूह’ र प्रहरीबीच ताप्लेजुङ सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा शनिबार साँझ झडप भएको छ । दुवै तिर केही घाइते भएको स्थानीयले जनाएका छन् । नेपाल प्रहरीका पाँच जना र दुई आन्दोलनकारी घाइते भएको अबेर राति प्रहरीबाट प्राप्त प्रारम्भिक विवरणमा उल्लेख छ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीले राँको नियन्त्रणमा लिन खोजे पछि धक्कामुक्की पछि झडप भएको हो ।
प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दाबी गरेका छन् । उनको अनुसार जुलुसलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी माथि लाठी र ढुङ्गा प्रहार भएको हो । आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्याली गर्दै विरेन्द्रचोक पुगी उक्त र्यालीलाई राँके जुलुसमा परिणत गरेका थिए । झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका–५ वीरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो फ्याकेको ताप्लेजुङ प्रशासन कार्यालयको भनाइ छ ।
आन्दोलनरत पक्षका अगुवा सरु सिंहले आफ्ना कार्यकर्ताहरू कारसिंह लिम्बू र एके दर्नाल घाइते भएको जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन् । अन्य घाइतेको विवरण संकलन भइरहेको उनले भनेकी छन् । प्रहरीका अनुसार हाल स्थिति नियन्त्रणमा छ । अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ। यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए । गत माघ १२ मा भएको झडपमा प्रहरीसहित २४ घाइते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटकपटक झडप भइरहेको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares