विराटनगर– काठमाडौँको नयाँ बानेश्वरमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडपको क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी गंगा पौडेलको टाउकोमा चोट लागेको छ । प्रहरीका अनुसार बानेश्वरकै सिभिल अस्पतालमा उपचार भइरहेको पौडेलको टाउकोमा पाँच टाँका लगाइएको छ ।
सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका छन् । पुस्तौँदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडित स्थानीय सरकारलाई सुनाउन दाङबाट काठमाडौँ आएका हुन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । यसअघि समितिले दाङमै २०८० फागुन ७ देखि १ महिना आन्दोलन गरेका थिए ।
सरकारसँग दुई बुँदे सम्झौता भए पनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएकोमा उनीहरू आक्रोशित छन् । मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares