काठमाडौँ – संघीय निजामती सेवा विधेयकविरुद्ध स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारबाट देशभर चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएको छ ।
सञ्जालका महासचिव दीपक सिंह धामी र संयोजक दीपक गौतमद्वारा जारी विज्ञप्तिअनुसार आइतबार देशभरका ७५३ वटै स्थानीय तहका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समिति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र मुख्य सचिवको ध्यानाकर्षण गराइनेछ ।
सञ्जालले स्थानीय तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका विगतका सहमति र सम्झौताहरूलाई बेवास्ता गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएको संघीय निजामती सेवा विधेयकप्रति गम्भीर आपत्ति जनाएको छ ।
सञ्जालले सोमबार काठमाडौँमा भेला भइ दबाबमूलक कार्यक्रम गर्ने र मंगलबार ७५३ वटै पालिकामा कालो पट्टी बाँधेर नियमित काममा सहभागी हुने कार्यक्रम सार्वजनिक गरेको छ ।
माग सम्बोधन नभए शुक्रबार काठमाडौं केन्द्रित सडक आन्दोलन र देशभर ‘पेन डाउन’ अर्थात् कलम नचाल्ने कार्यक्रम गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘समितिले संशोधन प्रस्ताव दर्ता भएका दफाहरूमा हामीसँग कुनै परामर्श नगरी एकलौटी रूपमा प्रतिवेदन बुझाएको छ जसले स्थानीय तहका कर्मचारीको हक–हितमाथि प्रहार भएको महसुस गरेका छौँ ।’
के थियो सहमति ?
यसअघि सरकार र स्थानीय तहका कर्मचारीबीच भएको सहमतिअनुसार, निजामती सेवा ऐनमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सुविधा र शर्तसम्बन्धी न्यूनतम मापदण्ड समावेश गरिने, प्रदेशले बनाउने कानुनले स्थानीय तहका स्थायी कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेट्नुपर्ने लगायतका बुँदाहरूमा सहमति कायम भएको थियो ।
तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै सञ्जालले असन्तुष्टि जनाउँदै आएको छ । सार्वजनिक सेवा क्षेत्रका अन्य कर्मचारीहरू पनि आन्दोलित छन् । देशभरका शिक्षकहरूले शिक्षा ऐन संशोधनको माग राख्दै आन्दोलन चर्काइरहेका छन् भने आवासीय चिकित्सकहरू पनि सेवासुविधा र कार्यसम्बन्धी मागसहित सडकमा उत्रिएका छन् ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares