विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले २००७ को क्रान्तिको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको आज शुभकामना दिँदै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षमा अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति पनि सम्मान एवं श्रद्धा प्रकट गर्नु भएको छ ।
२००७ को क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप फागुन ७ मा प्रजातन्त्र दिवस मनाउँछौँ । 'मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ,' राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । २००७ को क्रान्तिको जगमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नागरिक सफल भएका हो । विज्ञप्तिमा भनिएको छ,'लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गर्छ ।'
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भइ अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् ।
' यी निश्चय नै धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यीनैको जगमा हाम्रो भविष्यको सुखद् यात्रा प्रारम्भ भएको छ भन्ने मैँले विश्वास लिएको छु,' विज्ञप्तिमा उल्लेख छ,'आजको यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।'
विज्ञप्तिको अन्त्यमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गरिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने राष्ट्रपति पौडेलले कामना गर्नु भएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares