विराटनगर– तेली कल्याण समाज मोरङले समाज, जाति, कूलको गौरब बढाउने कार्य गरेका १८ जना महिलालाई शनिबार सम्मान गरेको छ । रौतहटको मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहले महिलाहरुलाई फूलमाला, अबिर, सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा समाजले प्रकाशन गरेको क्यालेण्डसमेत प्रमुख साहले लोकार्पण गरिन् ।
प्रमुख साहले तेली कल्याण समाजले सम्मान कार्यक्रम गरेर महिलाहरुलाई घुम्टो बाहिर ल्याउने महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरिन् । उनले पालिकाहरुले नगर प्रहरी नियुक्त गरेको तर आफूले नगर शिक्षक र चिकित्सक नियुक्त गरेर मौलापुर नगरवासीलाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच अभिवृधि गरेको बताइन् ।
कार्यक्रममा गढी गाउँपालिका उपाध्यक्ष अनिता साहले समाजमा योगदान पुर्याएकी महिलाहरुलाई प्रशंसापत्र वितरण गरिन् । उनले समतामुलक समाज निर्माणका लागि महिलाको हरेक दृष्टिकोणले सम्मान अपरिहार्य रहेको बताइन् । उनले महिला सशक्तीकरणका लागि तेली कल्याण समाजले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
कार्यक्रममा तेली कल्याण समाजका अध्यक्ष डा. बालकृष्ण साहले समाजमा पछि परेका महिलाहरुको सशक्तीकरणका लागि तेली कल्याण समाजले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले तेली समुदायको उत्थान र एकताको सुत्रमा बाँध्नका लागि जिल्ला कार्य समितिले क्यालेण्डर बनाएर नै वर्षभरि विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराए ।
तेली कल्याण समाजका जिल्ला सदस्य तथा महिला कार्यक्रमका संयोजक ऋषिराज सेठले शिक्षा, स्वास्थ्य, नापी, इञ्जिनियरिङ्, चिकित्सा, पत्रकारितालगायतका क्षेत्रमा योगदान पुर्याएका तेली समुदायका महिलाहरुको नाम छनोट गरेर सम्मान गरिएको बताए ।
अध्यक्ष डा. साहले तेली कल्याण समाजले जानकारीमूलक तथा वर्षभरिको सामाजिक कार्यक्रम गर्ने सूचीसहितको क्यालेण्डर सार्वजनिक गर्न सहयोग पुर्याउने समाजका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares