विराटनगर– घाँस काट्न घरबाट निस्केका खोटाङ बाराहपोखरी गाउँपालिका–१ डाँडाखर्कको विवाहित महिला र अविवाहित पुरुषको शव दारेगौडा जङ्गलमा मृत भेटिएको छ । वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार डाँडागाउँकै २३ वर्षीया सरिता बिष्ट बस्नेत र गाउँकै २० वर्षीय शिखर बस्नेतको शव भेटिएको हो । सरिताको हत्या भएको र बस्नेतले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।
सरिताको शव भेटिएको २०–२५ मिटर टाढा शिखर पनि रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । वडाध्यक्ष कार्कीका अनुसार, महिलाको घाँटीमा धारिलो हतियारको चोट छ । सरिताकी २ वर्षीया छोरी छन् । खोटाङ प्रहरीका अनुसार जानकारी लगत्तै स्थानीय चौकीबाट टोली खटाएर घटनास्थलमा घेराबार गरिएको छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares