विराटनगर– गृहमन्त्री रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार पछि शंकास्पद मृत्युको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेकोले दोषीलाई कारवाही हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
राष्ट्रिय सभामा आइतबार बोल्दै उनले दोषीलाई कडा कारबाही हुने प्रतिबद्धता जनाए । ‘सरकार र म आफ्नो तर्फबाट यस घटनामा संलग्न भएकाहरूलाई क्रियाशीलतापूर्वक खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारवाही गर्ने कुरामा पूर्ण प्रतिवद्ध छु र सम्मानित सदनमा पुनः प्रतिवद्धता व्यक्त गर्न चाहन्छु,’ उनले भने । गृहमन्त्री लेखकका अनुसार गत माघ ३० मा रिंकु कुमारी घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । यो सम्बन्धमा स्थानीय १९ वर्षीय रुपेश मण्डलको विरुद्धमा आत्महत्या दरुत्साहन शीर्षकमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको छ ।
फागुन ८ मा मृतकको आमाको तर्फबाट आठ जनाविरुद्ध परेको पूरक जाहेरीमा अपहरण गरेर नियन्त्रणमा लिइ सामूहिक रुपमा जबरजस्ती करणी पछि हत्या गरेको आरोप छ । यो जाहेरीमा पञ्चायत बसेर लेनदेन गरी मिलापत्र गर्न खोजेको अन्तर्गतको कसूर पनि सामेल छ । आठै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पञ्चायतीमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । पीडकलाई पक्राउ गरेर यथाशीघ्र कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले काम गरिरहेको पनि गृहमन्त्री लेखकले विश्वास दिलाए ।
गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए । साथै उनले विभिन्न विधेयकहरू सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनस्र्थापना तथा पुननिर्माणको कामले लय समातेको उनको भनाइ छ । उनले सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत एवं साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares