२२ जेठ २०८२, बिहीबार 05 Jun 2025, Thursday

रेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...

द नेप्लिज संवाददाता
२० जेठ २०८२, मङ्गलबार

Advertisement

विराटनगर— ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट लोपोन्मुख प्रजातिको जनावर रेडपान्डा (हाब्रे) चोरी गर्न खोज्ने दुई जना पक्राउ परेका छन्।घटनामा संलग्न रहेको आरोपमा काठमाडौँको स्वयम्भूबाट धादिङका २१ वर्षीय कृष्ण गुरुङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिकलाई प्रहरीले पक्राउ गरेको हो। 

वैशाख ३० को राति करिब १० बजे रेडपान्डा चोरीको प्रयास भएको सूचना पाएपछि प्रहरीले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो। घटनास्थलबाट पेचकस, रेडपान्डा राख्न खोजिएको झोला र जुत्तालगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा थाहा भएअनुसार भारतीय नागरिकहरु सहित तफिक चिडियाखानामा पटक–पटक जान्थे र सीसीटीभी क्यामेराले नदेखिने ठाउँ, झ्याल र ढोकाबारे जानकारी लिने गर्थे। योजनाअनुसार रेडपान्डालाई झोलामा हालेर चिडियाखानाबाट निकाल्ने प्रयास भएको थियो।

तर झोलामा हालिँदै गर्दा रेडपान्डा चिच्याएपछि कर्मचारीले चाल पाए । उनीहरू त्यसपछि डराएर रेडपान्डालाई चिडियाखानाभित्रको निगालो घारीमा फालेर फरार भएका थिए।

उनीहरूमाथि चोरी उद्योगको आरोपमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विश्व संरक्षण संगठन आईयूसीएनले रेडपान्डालाई लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ भने यसलाई साइटिस महासन्धिको अनुसूची–१ मा सूचीकृत गरिएको छ।  बाँसका पात मुख्य रूपमा खाने यो वन्यजन्तुले स–साना किरा र अन्डा पनि खाने विभिन्न अनुसन्धानले देखाएको छ।

नेपालमा इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, जुम्ला, कालिकोट, डोल्पा, मुगु, रुकुम, रोल्पा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, मनाङ, मुस्ताङ, बागलुङ, र पर्वतलगायतका २४ जिल्लामा रेडपान्डा पाइन्छन् । रेडपान्डा मुख्यतया लाङटाङ, सगरमाथा, मकालु–बरुण, रारा, कञ्चनजंघा, धौलागिरी, गोरखा, अन्नपूर्ण र धोरपाटन संरक्षण क्षेत्रहरूमा पाइन्छन् ।

नेपालमा रेडपान्डाको संख्या  २३७ देखि १ हजार ६१ वटाबीच अनुमान गरिएको छ । रेडपान्डा नेटवर्कको अध्ययन अनुसार पूर्वी नेपालमा रहेको पाँचथर–इलाम–ताप्लेजुङ (पीआईटी) करिडोरमा रेडपान्डाको संख्या बढ्दो छ जहाँ २०११ मा ८८ प्रतिशत क्षेत्रफलमा रेडपान्डा देखिएको थियो भने २०१९ मा यो ९३प्रतिशत मा पुगेको छ ।

रेडपान्डा जैविक विविधताको प्रतीक हुन् । रेडपान्डाको संरक्षणले अन्य दुर्लभ प्रजातिहरू जस्तै हिउँ चितुवा, कालो भालु र पाङ्गोलिनको संरक्षणमा पनि सहयोग पुर्याउँछ । । यो जन्तुको संरक्षणले स्थानीय समुदायलाई रोजगारी, पर्यटन र वातावरणीय शिक्षा प्रदान गर्छ ।

उदाहरणस्वरूप इलाम नगरपालिकाले १ सय १६ हेक्टर क्षेत्रफलमा नेपालकै पहिलो सामुदायिक रेडपान्डा संरक्षण क्षेत्र घोषणा गरेको छ ।यसले स्थानीय समुदायको सहभागिता र पर्यटनको उत्थानमा योगदान पुर्याएको छ ।
खोटाङको फेदीमा रेडपान्डा देखापरेको घटनाले स्थानीय संरक्षण प्रयासहरूलाई थप ऊर्जा प्रदान गरेको छ ।

रेडपान्डा संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता, वैज्ञानिक अनुसन्धान र सरकारी सहयोग आवश्यक छ । रेडपान्डाको संरक्षणले जैविक विविधता जोगाउनुका साथै स्थानीय समुदायको जीवनस्तर उकास्न पनि मद्दत गर्छ ।

#रेडपान्डा#चोरी

प्रकाशित : २० जेठ २०८२, मङ्गलबार 17:56

थप समाचार

समाचार

सिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा

द नेप्लिज संवाददाता

हिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू

द नेप्लिज संवाददाता

सर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र

द नेप्लिज संवाददाता

राजसंस्था पुनर्स्थापनाको आन्दोलनमै फाटो : सुवेदी र लिङ्देनबीच मतभेद चुलियो, दोस्रो चरणको आन्दोलन अन्योलमा

द नेप्लिज संवाददाता

प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved