काठमाडौँ– केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यकाभित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरीदेखि भगवतीबहालसम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ ।
कालोपत्रे सडक भत्काएर ढुंगा छापिएको यो सडक ठेक्का लागेको दुई वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो । नक्सालको यस पदमार्ग निर्माणले क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्दै स्थानीय व्यापार र पर्यटनलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
सडक निर्माणका क्रममा विभिन्न विवादहरू पनि भएका थिए । काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले सडक भत्काएर त्यसमाथि ढुंगा छाप्ने प्रक्रिया अघि बढाएको थियो । यसमा कतिपय स्थानीयले ढुंगा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने माग गरेका थिए । विशेष गरी ठूला गाडी र मालवाहक ट्रकको प्रवेश निषेध भएपछि उक्त क्षेत्रमा व्यापार–व्यवसाय गरिरहेका स्थानीयले कालोपत्रे गर्नुपर्ने माग राखेका थिए ।
लिच्छविकालीन नगरीको रूपमा रहेको नक्सालमा पुरातात्विक महत्वका सम्पदाहरू राजा मानदेवको पालाको शंकरकीर्ति बिहार, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर र सात सय वर्ष पुराना घरहरूस्थित छन् । यसका कारण, सम्पदा संरक्षण अभियन्ता र सम्पदा प्रेमीहरूको पहलमा भगवती बहालदेखि नारायण चौरसम्मको ४ सय १० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४ सय २२ मिटर लामो सडकमा ढुंगा बिछ्याउने काम अगाडि बढाइएको हो । प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक ’हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदैछ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares