रिंकु सदा बलात्कार–मृत्यु प्रकरण
सिरहा — सिरहाको नवराजपुर–१ स्थित भगवतीपुर बस्तीकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पञ्चायती गर्ने वडा सदस्य नथुनी साह कारागार चलान भएका छन् । सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले मंगलबार साहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
६ जनालाई धरौटी आदेश, मुख्य आरोपित नाबालक परिवारको जिम्मा
साथै पञ्चायतीमा संलग्न अन्य ६ जनासग जनही १ लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र बलात्कार आरोपित दुई नाबालकका आफन्त गरी ६ जनाले धरौटी बुझाउनुपर्ने अदालतले आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए ।
बलात्कारका मुख्य आरोपित दुई नाबालकलाई भने अदालतले परिवारको जिम्मा लगाइदिएको छ । साथै रामविनोद मण्डल र कमलेश दासलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको छ ।
बलात्कारपछि गाउँमै पञ्चायती, न्यायको साटो रकमको खेल
माघ २७ को साँझ शौच गर्न गएकी रिंकु सदा स्थानीय तीन युवाबाट बलात्कृत भएकी थिइन् । भोलिपल्ट बिहान शरीरमा माटो लागेको, कपडा च्यातिएको अवस्थामा घर फर्किएकी र पेट समातेर रोइरहेकी उनलाई आमाले सोध्दा उनले बलात्कारको घटनाबारे जानकारी गराएकी थिइन् ।
तर गाउँमा हल्ला मच्चिएपछि पीडितलाई प्रहरीमा लैजानुको साटो स्थानीय मिलापत्रका नाममा पञ्चायती गरिएको थियो । करिब ३० जना स्थानीयको सहभागितामा बसेको बैठकले आरोपितलाई १ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । तर उक्त रकम पीडित परिवारले नपाउने गरी पञ्चायतीका अगुवाले आपसमा बाँड्ने प्रयास गरेपछि विवाद चुलिएको थियो । त्यही क्रममा आरोपित पक्षबाट निरन्तर धम्की आइरहेको अवस्थामा माघ ३० मा साँझ रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीको लापरबाहीपछि कडा कारबाहीको माग
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय, लहानले मुख्य आरोपितमध्ये एक जनामात्रैलाई आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । तर घटना बाहिर आएपछि मात्रै प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहन गरी चारवटा कसुरमा पूरक जाहेरी दर्ता गरेको छ । घटनामा संलग्न १० जना अझै फरार छन् भने उनीहरूका नाममा अदालतले म्याद जारी गरिसकेको छ । पीडित परिवार र नागरिक समाजले दोषीहरूमाथि कडा कारबाहीको माग गर्दै निरन्तर दबाब दिइरहेका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares