विराटनगर– आकर्षक तलब पाउने गरी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिने भनेर झण्डै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी–४ बस्ने रूकुम पश्चिम मुसिकोट–१ का २४ वर्षीय मनिषराज खड्का, काठमाडौं टोखा–३ बस्ने रूकुम पश्चिम मुसिकोट–२ का २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्कालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।
उनीहरूले १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने दुई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनिषराजलाई काठमाडौं–९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई टोखा–८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंँको थुनामा राखिएको छ ।
समाचार
दरबार हत्याकाण्डको स्मृतिमा दीप प्रज्वलन
द नेप्लिज संवाददातासिफल चौरमा राजसंस्था पुनःस्थापनाको मागसहित आन्दोलन, राप्रपाका शाहीले प्रधानमन्त्री ओलीलाई दिए ‘भ्रष्टाचारी झोले’ को संज्ञा
द नेप्लिज संवाददातारेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares