विराटनगर– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आइतबार काठमाडौंमा ठूलो प्रदर्शनका साथ सांस्कृतिक र्याली निकालिएको छ ।
‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिका’ नाममा आयोजित उक्त प्रदर्शनमा विभिन्न संघ–संस्थाहरूका प्रतिनिधि र सर्वसाधारण सामेल थिए । र्यालीमा बौद्ध भिक्षुहरूको पनि बाक्लो सहभागिता थियो । कुलमानलाई अपमानजनक ढंगले हटाएको भन्दै विरोधका उनीहरुले नारा लगाए ।
सरकारले चैत ११ मा कुलमानलाई हटाउँदै प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमानलाई पहिलोपटक २०७३ भदौ २९ मा पुष्पकमल दाहालको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
उनले कार्यभार सम्हाल्दै लोडसेडिङ अन्त्य गरे । प्राधिकरणलाई नाफामा पुर्याएका थिए । २०७८ को साउन २६ मा शेरबहादुर देउवा नेतृत्वको सरकारको दोस्रो कार्यकालमा पनि उनलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । अहिले सरकारको निर्णयमा विरोध जनाउँदै प्रदर्शनमा सहभागीहरुले कुलमानको पुनर्बहालीको माग गरेका छन् ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares