विराटनगर– फौजदारी आरोप लाग्ने बितिक्कै पक्राउ पुर्जी जारी गरेर पक्रिने कानुनी व्यवस्था परिमार्जन गर्न सुझाव दिइएको छ ।
महान्यायाधीवक्ताकाे कार्यालयले गत वर्ष गठन गरेको ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले विशेष अवस्थामा मात्रै पक्राउ पुर्जी जारी गरेर सशंकितलाई नियन्त्रणमा लिनुपर्ने सुझाव दिएको हो।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार जोसुकैलाई जस्तोसुकै फौजदारी कसुरको आरोप लागेपछि जिल्ला अदालततको अनुमतिमा प्रहरीले पक्राउ गर्ने व्यवस्था छ। यो व्यवस्थामा परिमार्जन आवश्यक रहेको भन्दै तत्कालीन महान्यायाधीवक्ता डा. दिनमणि पोखरेल नेतृत्वको कार्यदलले सरकारलाई कानुन संशोधन गर्न सुझाव दिएको हो ।
गत असार २३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको अध्ययन प्रतिवेदनमा फौजदारी न्याय प्रशासनको सुधारका लागि धेरै सुझाव दिइएको छ।
सामान्य खालका फौजदारी कसुरमा जाहेरी परेपछि शंकास्पदलाई प्रहरीले ‘उपस्थितिको सूचना’ मात्रै दिनुपर्ने महान्यायाधीवक्ताको कार्यालयकाे राय छ। ‘जघन्य वा गम्भीर कसूर’ गरेमा वा त्यस्ता कसूरको उद्योग, दुरुत्साहन वा आपराधिक षड्यन्त्र गरेका माथि मात्रै सुरुमै पक्राउ पुर्जी जारी हुने गरी कार्यविधि संहिताको दफा ९ संशोधन गर्न सुझाव दिएकाे छ।
सरकारलाई दिइएको सुझावमा भनिएको छ, ‘कसैले जघन्य वा गम्भिर कसूर गरेमा वा त्यस्ता कसूरको उद्योग, दुरुत्साहन वा आपराधिक षड्यन्त्र गरेको वा सो कसूरमा मतियार भएको कसूर वा त्यस्ता कसूरको अभियुक्तलाई लुकाएको वा भगाएकोमा बाहेक अन्य कसूरमा त्यस्तालाई पक्राउ पूर्वउपस्थितिको सूचना दिनु पर्नेछ । तर त्यसरी सूचना दिँदासमेत उपस्थित नभएको अवस्थामा पक्राउ गर्न वाधा पर्न सक्ने छैन।’
जाहेरी दर्खास्त दर्ता हुने बित्तिकै पक्राउ पुर्जी जारी गर्ने परम्पराले झुठा जाहेरी भएको अवस्थामासमेत पक्राउ परी अनावश्यक रुपमा गैरकानुनी थुनामा बस्नुपर्ने अवस्था रहँदै आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। सामान्य खालका कसुरमा उपस्थित हुने सूचना दिँदा फौजदारी न्याय प्रणालीमा स्वच्छता, पारदर्शिता कायम हुने दाबी छ।
गम्भीर कसूरबाहेक अन्य कसूरको अनुसन्धानको सम्बन्धमा प्रथमतः प्रहरीबाट उपस्थितिको सूचना ( नोटिस अफ एपिरियेन्स) दिइनुपर्ने भन्ने व्यवस्था राखिनुपर्ने जरुरी देखिन्छ। सुझाव प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नेपालको फौजदारी कार्यविधि सम्बन्धमा पक्राउ पुर्जीलाई अनिवार्यत नराखिएको भए तापनि स्पष्ट रुपमा जाहेरी सूचनाको सम्बन्धमा सशंकितलाई बोलावट भइ सुरूवाति बुझ्ने व्यवस्था नरहेको तथा म्याद थपको सम्बन्धमा अदालतले थुनाको औचित्यतता जाँच गर्ने परिपाटी बढी यान्त्रिक जस्तो रहेकोले धेरैजसाे कसूरमा पक्राउ पुर्जी जारी भइ अनाहकमा व्यक्ति थुनामा जानु पर्ने अवस्था रही व्यक्तिगत सम्मान तथा प्रतिष्ठामा चोट पुगेको पाइन्छ ।'
यस्तो व्यवस्था राखिएमा फौजदारी न्याय प्रणालीमा स्वच्छता, पारदर्शिता तथा नागरिकको हकको रक्षा हुने सुझावमा भनिएको छ ।
भारतमा पनि नेपालमा जस्तै सुरुमै पक्राउ पुर्जी जारी गर्ने व्यवस्था भएकोमा सर्वोच्च अदालतले त्यसलाई परिमार्जन गर्दै उपस्थित हुने सूचना दिन भनेको थियो। विहारका अनेश कुमारले राज्य विरुद्ध हालेको मुद्दामा जारी भएको उक्त आदेशपछि भारतमा सामान्य खालका फौजदारी जाहेरीमा उपस्थित हुने सूचना जारी हुँदै आएको छ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares