विराटनगर– रान्या रावले १८ वर्षको उमेरमा सन २०१४ मा कन्नड फिल्म उद्योगमा पाइला राखिन् । पेसाले उनी इन्जिनियर हुन् । अहिले उमेरले ३३ टेकेकी रावले १० वर्ष अगाडि चलचित्र ‘माणिक्य’ मा चर्चित कन्नड अभिनेता सुदीपको साथ देखिएकी थिइन् । यो सिनेमाबाट रान्याले पहिचान बनाएकी थिइन् ।
यो चलचित्रको दुई वर्ष पछि तमिल फिल्म ‘वागह’ मा विक्रम प्रभुको साथ अभिनय गरिन् । सन २०१७ मा कन्नड चलचित्र ‘पटकी’ मा प्रसिद्ध अभिनेता गणेशका साथ मुख्य भूमिकामा देखिएकी थिइन् । केही वर्षदेखि उनी फिल्म उद्योगमा सक्रिय थिइनन् । तर अहिले सम्म खेलेको सिनेमा उनले महत्वपूर्ण पात्रको रुपमा काम गरेकी छन् । भारतको कर्नाटकको चिक्कमगलुरु जिल्लाकी रान्याको आमा एक कफी किसान परिवारसँग सम्बद्ध छिन् । उनको बुबा रामचन्द्र राव भने कर्नाटक प्रहरी हाउसिंग कर्पोरेशनका प्रमुख हुन् । थोरै चलचित्रमा भए पनि बेजोड अभिनयले नाम कमाएकी उनी अहिले सुन तस्करीको आरोपमा प्रहरी खोरमा छन् ।
चलचित्र क्षेत्रमा अचेल सक्रिय नभए पनि पटकपटक दुबईको यात्रा गरिरहने हुनाले राजस्व गुप्तचर विभाग (डीआरआई) को निगरानीमा उनी परेकी थिइन् । प्रहरीको शंका सही सावित भयो । कन्नड र तमिल फिल्मकी अभिनेत्री रहिसकेकी रान्यालाई दुबईबाट फर्किने क्रममा बैँग्लुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार १४.८ किलोग्राम सुन सहित प्रहरीले पक्राउ गर्योे । उनी माथि सुनको अबैध कारोबार गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
विभागले उक्त सुनको मूल्य १२ करोड रुपैयाँ भारु बताएको छ । रान्याको बुबा कर्नाटकको प्रहरी महानिर्देशक पदमा कार्यरत एक आईपीएस अधिकारी भएकाले यो घटनाले थप चर्चा पाएको छ । उनी कुशल तस्करझै दुबईबाट शरीरभित्र सुन लुकाएर आएकी थिइन् । सुनको बिस्कुटलाई नीकै चलाखीका साथ शरीरमा लुकाएर ल्याइएको डीआरआईले भनेको छ ।
डीआरआईको अनुसार सुनको छड वा बिस्कुटलाई एक विशेष किसिमको बेल्टभित्र लुकाएर शरीरसँग बाँधिएको थियो । उनको साथबाट ८ सय ग्राम सुनको आभूषण पनि बरामद भएको छ । विमानस्थलमा पक्राउ गरे पछि डीआरआईका अधिकारीहरुले रान्याको घरको खानतलासी गर्दा भारी परिमाणमा झण्डै २.०६ करोड भारुको सुनको गरगहना र नगद २.६७ करोड भारु बरामद गर्यो ।
डीआरआईको अनुसार रान्यालाई न्यायिक हिरासतमा राखिएको छ । उनीबाट सबै गरी १७.२९ करोड भारु बरामद भएको छ । सुन तस्करका लागि यो ठूलो झट्का भएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन् । बैँग्लुरु अन्तर्राष्ट्रिय विमानस्थलममा यति धेरै सुनको बरामदगीलाई सरकारी अधिकारीहरुले ठूलो सफलताको रुपमा लिएका छन् । हालसालै यहाँ यति धेरै परिमाणमा सुन बरामद नभएको अधिकारीहरुले जनाएका छन् ।
रान्याको पिता रामचन्द्र रावले स्थानीय पत्रिकाहरुको जिज्ञासामा छोरीको गतिविधिसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्टयाएका छन् । रावले छोरीज्वाइँको व्यापारको बारेमा पनि आफूलाई जानकारी नभएको बताए । रान्याको विहे चार महिना अगाडि भएको हो । डीआरआईले रान्याबाट बरामद भएको सुनको तस्बिर पनि सार्वजनिक गरेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार पटकपटक दुबईको यात्रा गरिराख्ने हुनाले उनी डीआरआईको निशानामा थिइन् । पन्ध्र दिनभित्र ४ पटक दुबईको यात्रा गरे पछि रान्या माथिको शंका झनै बढेर गएको प्रहरी अधिकारीहरुले बताएका छन् । प्रहरी अधिकारीको छोरी भएको फाइदा उठाउँदै उनी अन्य यात्रीले जस्तै अध्यागमन प्रक्रिया पुरा गर्दैन्थिइन् । उनी बिना जाँचको एयरपोर्टबाट बाहिर निस्किन्थिन् ।
उनी विमानस्थलमा प्रहरी महानिर्देशको छोरी भनेर परिचय दिन्थिन् । रान्याले आफ्नो पहिचान सावित गर्नका लागि एक प्रोटोकल कन्स्टेबललाई सँगसँगै हिँडाउथिन् । ‘यो सुन तस्करीमा प्रोटोकल कन्स्टेबल वा सुरक्षा अधिकारीलाई दोष दिनु ठिक होइन,’एक वरिष्ठ अधिकारीले भने ।
(भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा)
साहित्य/कला
‘बेबी बुद्ध’लाई स्नान गराउँदै विश्वमैत्रीको कामना
द नेप्लिज संवाददाताकहीँ नभएको जात्रा हाँडीगाउँमा
द नेप्लिज संवाददाताशीतलता, सहअस्तित्व र सिर्जनशीलताको उत्सव
जितेन्द्र साहमध्यपुरथिमिमा मात्र मनाइने जात्रा
द नेप्लिज संवाददाता१२ वर्षे हलचोक आकाश भैरव जात्रा सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares