विराटनगर – नेपाली ढाका कपडा, जुन एक समय परम्परागत तथा सांस्कृतिक पोसाकका रूपमा सीमित थियो, आज हरेक पुस्ताको रोजाइ बन्दै गएको छ। यो अब कुनै जाति विशेषको मात्र पहिरन नभएर दैनिक जीवनदेखि औपचारिक तथा शुभकार्यसम्म प्रयोग गरिने आकर्षक फेसन बनेको छ।
ढाका कपडाको उद्गमस्थल तेह्रथुम र पाल्पा मानिए पनि अहिले यसको प्रयोग र उत्पादन नेपालका अधिकांश भूभागमा फैलिएको छ। नेपाली ढाका कपडाबाट निर्मित सामग्री भारत, अमेरिका, युरोपका विभिन्न मुलुकमा समेत लोकप्रिय बन्दै गएका छन्।
थोरै पूँजी, परम्परागत प्रविधि, र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग जुनसुकै स्थानमा सञ्चालन गर्न सकिन्छ। पाँचथर ढाका उद्योगकी सञ्चालिका इन्द्रकला खनालका अनुसार ढाका उत्पादनमा महिलाहरूको उल्लेखनीय संख्यामा सहभागिता छ। २०५८ सालमा एक्लै उद्योग सुरु गरेकी उनले हाल ४४ जनालाई रोजगारी दिएकी छिन् भने ३०० जनालाई प्रशिक्षण दिइसकेकी छन्। उनी भन्छिन्– धेरै छोरीचेलीको घर ढाकाले चलेको छ।
एक अध्ययनअनुसार नेपालभर झण्डै २०,००० हाते तान छन्, जसमा अधिकांश महिला संलग्न छन्। यस उद्योगले करिब ५०,००० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको अनुमान छ।ढाकाको उत्पादन र बजार हाल झापा, मोरङ, ताप्लेजुङ, धनकुटा, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, नुवाकोट, धादिङ, हेटौंडा, पोखरा, बागलुङ, म्याग्दी, सुर्खेत, सोलुखुम्बु, गुल्मी लगायत जिल्लामा फैलिएको छ।
अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स लगायत नेपाली समुदाय रहेका विभिन्न देशहरूमा ढाका सामग्री निर्यात भइरहेको छ।
नेपालमा ढाकाबाट टोपी मात्र नभई सारी, सल, विवाहमा लगाइने विशेष पहिरन, कुसन खोल, झोला, जुत्ता, ब्याग, टाई, कोट तथा अन्य फेसन सामग्री समेत बन्न थालेका छन्। डिजाइनरहरूले ढाकाको बुट्टा र रङलाई थप आकर्षक बनाउँदै लगेका छन्।
नेपालका धेरै होटल तथा रिसोर्टहरूले ढाकाका पराल तथा भित्ते सजावट सामग्री प्रयोग गर्न थालेका छन्। सरकारी तथा निजी निकायहरूले समेत ढाका सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिइरहेका छन्।
इतिहास र उत्पत्तिका विविध दृष्टिकोण
नेपाली ढाकाको इतिहासबारे विभिन्न धारणाहरू छन्। कतिपय विशेषज्ञहरू ढाकाको उत्पत्ति पूर्वी बंगालको ‘जामदानी ढाका’ सँग तुलना गर्छन्। १९५० को दशकमा पाल्पाका गणेशमान महर्जनले पूर्वी पाकिस्तान ९हाल बंगलादेश० यात्रा गरी ढाका बुन्ने सीप सिकेर पाल्पाली ढाका उद्योग सुरु गरेका थिए।
केही अनुसन्धानअनुसार, राणा प्रधानमन्त्री चन्द्रशमशेरकी नातिनी, राजकुमारी नानीकी नर्स जेसी ब्राउनमार्फत ढाका नेपाल भित्रिएको बताइन्छ। अर्को दृष्टिकोणअनुसार, राणा प्रधानमन्त्री जंगबहादुरकी बहिनी डम्बरकुमारीले बंगलादेशबाट ढाका टोपी उपहार ल्याएपछि यसको सिलाइ–बुनाइ नेपालमा व्यापक भएको थियो।
यद्यपि, केही जानकारहरू ढाका नेपालकै मौलिक उत्पादन भएको दाबी गर्छन्। लिम्बू समुदायको मुन्धुमअनुसार, तान बुन्दा ‘थाक–थाक’ आवाज आउने भएकाले यसको नाम ‘थाका’ रहन गयो र पछि अपभ्रंश हुँदै ‘ढाका’ भएको हो। पूर्वी नेपालमा ‘लिम्बूनी ढाका’ भनिनु पनि यसैको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ।
ढाका उद्योगको भविष्य
नेपाल पछिल्ला केही वर्षदेखि ढाका उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। पाल्पालाई ढाका उद्योगको केन्द्र मानिए पनि हाल देशभरका ३९ भन्दा बढी जिल्लामा ढाका कपडा उत्पादन भइरहेको छ। नेपाल सरकारले ढाकालाई विशेष प्रोत्साहन दिने नीति बनाएको छ। विभिन्न मेलाहरू, फेसन शोहरू तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन कार्यक्रमहरूमा नेपाली ढाकालाई प्राथमिकता दिन थालिएको छ। आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन क्षमता बढाउने पहल भइरहेको छ।
विद्यार्थी तथा युवा पुस्तालाई ढाका उद्योगतर्फ आकर्षित गर्न विभिन्न तालिम तथा उद्यमशीलता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग व्यवसायीहरूले राख्दै आएका छन्। यदि ढाकाको उत्पादनमा गुणस्तर र प्रविधि सुधार गर्न सकियो भने यस उद्योगले नेपालको अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्याउन सक्छ।
नेपालको मौलिक पहिचान बोकेको ढाका उद्योग केवल एक परम्परा मात्र होइन, रोजगारी सिर्जना गर्ने तथा नेपाली संस्कृतिको विश्वव्यापी प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण आधारसमेत बनेको छ।
ढाका महोत्सवस् प्रवर्द्धनको नयाँ प्रयास
ढाका कपडाको उत्पादन, लगानी प्रवर्द्धन, बजारीकरण, र अन्तर्राष्ट्रियकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम विकास समितिले बुधबारदेखि विराटनगरस्थित जैन भवनमा ढाका महोत्सव आयोजना गरिरहेको छ।
महोत्सव आयोजक समितिकी संयोजक तथा महिला उद्यमी विकास समितिकी सभापति सरु केसीले ूनेपाली भेषभूषा, हाम्रो बोली, ढाकाको सारी, ढाकाकै चोलीू मूल नाराका साथ ढाका महोत्सव आयोजना गर्न लागिएको बताइन्।
उनले तीन दिनसम्म चल्ने महोत्सवमा ढाका कपडाको उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन, फेसन शो, उत्पादक, वितरक र उपभोक्ताबीच अन्तरसंवाद, ढाकाको तान बुनाइ प्रतियोगिता लगायतका कार्यक्रमहरू रहेको बताइन्।
अर्थ/वाणिज्य
राजनीतिक हस्तक्षेप र उमेर हद हटाउने संशोधनमाथि सर्वोच्चको लगाम : गभर्नर नियुक्तिमा निष्पक्षता खल्बल्याउने चिन्ता
सञ्चालकहरूलाई कैद र जरिवाना, पीडितलाई रकम फिर्ता हुने मार्ग खुल्यो
पहिलो प्रदेश लगानी सम्मेलन कोशीमा हुँदै
द नेप्लिज संवाददातासर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares