काठमाडौँ– चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई काठमाडौँ जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ ।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार मिश्र, आन्दोलनका कमान्डर दुर्गा प्रसाईं लगायतका व्यक्तिहरूसँग सम्बन्धित थप म्यादको आदेश दिएको हो । उनीहरूलाई राज्यविरुद्धको र संगठित अपराधसम्बन्धी कसुरको अनुसन्धानका क्रममा थप म्याद दिइएको छ ।
सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा पेस गरेको थियो । उक्त हिंसात्मक प्रदर्शनमा दुइ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको बताइएको छ । न्यायिक प्रक्रियाका अनुसार गिरफ्तार व्यक्तिहरूसँग थप अनुसन्धान गरिंदैछ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares