स्केच : रितेश कुमार/ द हिन्दु
विराटनगर- मकवानपुर प्रहरीले बलात्कारको आरोपमा ७ किशोरहरुलाई पक्राउ गरेको छ । उक्त घटनाका सातै आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका छन्।
प्रहरीका अनुसार पक्राउ किशारहरु हेटौंडाभित्रकै हुन् । गत माघ ६ गते बिहान साढे आठ बजे हेटौडा -२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथिको जंगलमा जबरजस्ती करणी भएको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस बारेमा मुख खोलेमा भेटिएको ठाउँमा हत्या गरिदिने धम्कि दिइएकोले पीडित मानसिक रुपले विक्षिप्त भएर धेरै समय समय सम्म उजुरी दिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती किशोरहरुले युवतीलाई पछ्याउन र निगरानी गर्न छाडेका थिएनन् ।
हेटौंडाभित्रको विभिन्न स्थानमा बस्ने उनीहरुमध्ये ५ जनालाई बिहीबार र दुई जनालाई शुक्रबार नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको अनुसन्धान म्याद लिइएको प्रहरीले जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares