१५ वैशाख २०८२, सोमबार 28 Apr 2025, Monday

केन्द्रले तोकेको समयभित्र भएन तरुण दल मोरङको अधिवेशन

तरुण दलका नेताहरुद्वारा तदर्थ समिति गठनको माग
द नेप्लिज संवाददाता
१४ वैशाख २०८२, आइतबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मोरङको अधिवेशन समयमा नहुँदा तरुण दलका नेताहरुले तदर्थ समिति गठनको माग गरेका छन् । तरुण दल केन्द्रीय कार्य समितिले गत बैसाख १३ गतेभित्र पूर्णकालिन सदस्यता वितरण गरी जिल्ला अधिवेशन गर्न समय सीमा तोकेको थियो तर तरुण दल मोरङ सभापति प्रभाकर (संजय) थापाले केन्द्रले दिएको समय सीमाभित्र महाधिवेशन गराउन नसकेकाले तदर्थ समिति गठनको माग गरिएको हो । 

तरुण दल मोरङका उपसभापति खगेन्द्र (खेम) थापाको नेतृत्वमा महानगर सभापति, क्षेत्रीय सभापति लगायतका जिल्लाभरिका एकसय एक तरुण दलका सदस्यहरुले हस्ताक्षर गरी नेपाली कांग्रेस मोरङलाई तदर्थ समिति गठन गरी पूर्णकालिन सदस्यता वितरणका साथै जिल्ला अधिवेशन गराउन माग गरेका हुन् । तरुण दलका नेताहरुले आइतबार नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा जिल्ला सचिव ललित श्रेष्ठ, सह सचिव सञ्जय मण्डल, कोषाध्यक्ष रञ्जु अधिकारी, जिल्ला सदस्य तथा तरुण विभाग प्रमुख पंकज बर्मालाई तदर्थ समिति गठन गरी जिल्ला अधिवेशन गराउन ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमार्फत पूर्णकालिन सदस्यता वितरण गरी तत्काल जिल्ला अधिवेशन गराउन तदर्थ समिति गठनको माग गरेको हो । जिल्ला सभापति थापाले गुटगत राजनीतिमा लागेर पूर्णकालिन सदस्यता वितरण नगर्नुका साथै केन्द्रीय कार्यसमितिले दिएको समय सीमाभित्र जिल्ला अधिवेशन नगराएको तरुण नेताहरुको आरोप छ । 

सात दिनभित्र तदर्थ समिति गठन गरी पूर्णकालिन सदस्यता वितरण गरेर जिल्ला अधिवेशन नगराइए समानान्तर समिति गठन गरेर पूर्णकालिन सदस्यता वितरण गरी जिल्ला अधिवेशन गराउन बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ । 

प्रकाशित : १४ वैशाख २०८२, आइतबार 20:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved