१४ वैशाख २०८२, आइतबार 27 Apr 2025, Sunday

आज प्रतिनिधिसभाको बैठकमा के–के हुन्छ ?

द नेप्लिज संवाददाता
१४ वैशाख २०८२, आइतबार

Advertisement

काठमाडौँ – आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यो बैठकले नेपालको समसामयिक कानूनी र आर्थिक विषयवस्तुमा महत्वपूर्ण छलफल र निर्णय गर्ने अपेक्षा गरिएको छ।

बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् । यस प्रतिवेदनले भन्सार प्रशासन र यसको कार्यप्रणालीमा सुधारका लागि नयाँ कानूनी प्रावधानहरूको प्रस्तुति गर्ने अपेक्षा गरिएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची राखेका छन् । यस विधेयकमा नेपालको विभिन्न कानूनी व्यवस्थामा सुधार गर्ने र पुराना ऐनलाई अनुकूल बनाउने उद्देश्य राखिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा रहेका छन् । यस विधेयकले नेपालको हवाई सेवा क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउनका लागि आवश्यक कानूनी ढाँचाका बारेमा चर्चा गर्नेछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखेका छन् । यस विधेयकले कानुन व्यवसायीहरूको पेशागत अभ्यास र परिषदको संरचनामा सुधार गर्ने उद्देश्य राखेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित : १४ वैशाख २०८२, आइतबार 07:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved