विराटनगर– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले जनतामा देखिएका निराशा र आक्रोश न्यूनीकरणका लागि पूर्वप्रधान न्यायाधिसको संयोजकत्वमा न्यायायिक छानविन समिति गठन गरी अहिलेसम्मका सबै ठूला भ्रष्टाचारको मुद्दामा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
विराटनगरमा बिहीबार पत्रकारसँगको कुराकानीमा उनले संसारमा लोकतन्त्रको विकल्पमा अर्को कुनै राजनीतिक शासन व्यवस्था नभएको बताएका हुन् । ‘लोकतन्त्रको विकल्प भनेको सुन्दर, परिमार्जित, शुद्धीकरण र स्वच्छ लोकतान्त्रिक व्यवस्था नै हो,’ नेता केसीले भने, ‘लोकतन्त्रमा विधिको शासन, दण्डहिनता अन्त्य, भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्नुपर्छ । नेपाली जनताले लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्राप्त गरे पनि निरास छन् । राजनीतिक नेतृत्वप्रति अविश्वास छ र अराजक मानसिकताको विकास हुँदैछ ।’
अहिलेको निराशा भनेको राज्यले एकातिर सहज र स्वच्छ तरिकाले सेवा प्रवाह गर्न नसक्नु र अर्कोतिर सुशासनको नाममा दण्डहिनता र भ्रष्टाचारले प्रश्रय पाइरहेको अवस्थाले निराश जनतालाई सही बाटोमा ल्याउन, निराशाबाट आशमा बदल्न र अविश्वासलाई विश्वासमा बदल्ने काम राज्य, राजनीतिक दल र कांग्रेसले गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
भ्रष्टाचारमुक्त समाज निर्माणको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको भनाइ थियो । ‘अहिले एउटा भ्रम छ कि एकपटक मन्त्री भएकाहरुसँग हजार र पाँच सयको नोट गोदामभरि भरेर राखेको छ त्यसैले पाँच सय र हजारको नोट एकपटक बन्द गर्नुपर्छ,’ उनले भने, ‘अहिलेसम्मका चर्चित भ्रष्टाचारका मुद्दाहरुको पूर्वप्रधान न्यायाधिसको संयोजकत्वमा स्वच्छ जाँचबुझ आयोग गठन गरेर छानविन गर्नुपर्छ र त्यतिमात्रै गर्न सकिए जनतामा रहेको निराशा न्यूनीकरण भएर जान्छ ।’ जनतामा सामाजिक, आर्थिक, न्यायायिक रुपमा देखिएको निराशाको अवस्थामा भ्रष्टाचार कम हुनुपर्नेमा झन एक सिँढी माथि उक्लेको नेता केसीको भनाइ थियो ।
केसीले अहिले विकसित राजनीतिक घट्नाक्रमले राजनीतिक वृतमा राष्ट्रिय सहमतिको सरकारको विषयमा वहस सुरु भएको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि बचनबद्ध भई प्रतिज्ञापत्र जारी गरेर जाने हो भने ठीक छ,’ उनले भने, ‘तर अहिले गणतान्त्रिक मोर्चा बनाउनु पर्ने भन्नेमा मेरो विरोध छ । राष्ट्रिय सहमतिको नाममा बाँडिचुँडी खाने हो भने त्यसको कुनै आवश्यकता छैन ।’ समाजको परिवर्तनशील, गतिशीलता, सामाजिक मनोभावना जसले बुझ्दैन त्यो आफै आउटडेटेड हुँदै जाने उनको भनाइ थियो ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares