६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

केवलकार निर्माणको विरोधमा राजेन्द्र महतोको मुकुम्लुङ क्षेत्रमा पदयात्रा

द नेप्लिज संवाददाता
८ फागुन २०८१, बिहीबार

Advertisement

विराटनगर–  राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज ३ सय जनाले ताप्लेजुङको फुङलिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रामा सहभागि जनाएका छन् । पदयात्रामा अध्यक्ष महतो, पार्टी नेता रमन पाण्डेय, अनुप सुब्बा, सीएम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी र बेबी राज भण्डारीलगायत स्थानीय नेता–कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका सामेल थिए । 

मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु यस पदयात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले भनेको छ । यो परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको अध्यक्ष महतोले बताए । उनले भने,‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने गतिविधि कुनै पनि हालातमा सह्य हुने छैन ।  केबलकार निर्माण कार्य बन्द नभए सम्म हाम्रो संघर्ष जारी रहनेछ ।’ नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेको उनले बताए । राज्यले आफूहरूको आवाज नसुनेमा आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी महतोले दिएका छन् । 

केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा रहेकाले स्थानीयहरू चिन्तित छन् । केबलकार परियोजनाको कार्यान्वयनले पर्यटन प्रवद्र्धन गर्न सक्ने सम्भावना रहे पनि त्यसले पहिचान मेटिने गरी स्थानीय संस्कृति र सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयवासीहरू आक्रोशित छन् । यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केबलकार परियोजनाको विरोधमा स्थानीय तथा राष्ट्रिय नेताहरूलाई एकजुट देखाएको छ । नेपाल सरकारलाई परियोजना रोक्न अनुरोध गर्दै स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न विरोध पदयात्राका सहभागिहरुले आग्रह गरेका छन् ।

प्रकाशित : ८ फागुन २०८१, बिहीबार 14:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved