४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

ओलीको विरोध गरेको शंकामा दर्शक माथि आक्रमण

द नेप्लिज संवाददाता
२० फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर–  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा संचालित ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा दशरथ रंगाशालामा एमालेको सहयोगी संस्था राष्ट्रिय युवा संघका कार्यकर्ताले दर्शकलाई कुटेको खुलासा भएको छ । आफ्ना अध्यक्षको विरोध गरेको अनुमानकै भरमा उनीहरुले दर्शक माथि आक्रमण गरेको सामाजिक सञ्जालमा पोस्टिएका तस्बिर र भिडियोमा देखिन्छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको श्रव्य÷दृश्यमा फलामको रेलिङ नाघेर एक युवा भएको ठाउँमा पुगेर युवा संघका कार्यकर्ता आक्रोशित हुँदै लाती प्रहार गरेको देखिन्छ । रातो खाता लगाएका र गलामा आइडी भिरेकाहरुको आक्रमणमा परेका युवाले ’बोल्न पनि पाइँदैन’ भन्दै प्रतिवाद गर्न खोजेको देखिन्छ । तर  असभ्य शब्द प्रयोग गरिरहेका युवा संघका कार्यकर्ताले ती युवकको कठालोमा समातेको देखिन्छ ।
रंगशालाभित्र दर्शक कुटिंदा पनि नजिकै उभिएका प्रहरी टुलुटुलु हेरिरहेको देखिन्छ । प्रहरीले उल्टै कुटाइ खाइरहेका युवातर्फ हात तेस्र्याएको भिडियोमा देखिन्छ ।  ओलीविरुद्ध बोलेकै कारण एमाले कार्यकर्ताको हर्कतको चर्को विरोध भइरहेको छ ।
सामाजिक सञ्जालमा ‘नेतृत्व गतिलो भए पो कार्यकर्ता गतिला बन्ने,’ ‘केपीका झड्केला पुत्रको करामत ! निभ्न लागेको दियो चम्किएको हो,’ ‘वैदेशिक ऋण लियो, गुन्डा पाल्यो, जनता कुट्न लगायो, क्या मोज छ है’, जस्ता लगायतका व्यङ्यले भरिएको छ ।

उक्त प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र एफसीबीच सोमबार फाइनल खेल हुँदै थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शक भरिएका थिए । खेल शुरु हुनै लाग्दा आफ्नै नामको प्रतियोगिता हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका थिए । सधैँ झै उनलाई देख्नबित्तिकै समर्थकले हुटिङ गरे ।  रंगशालाको माहोल राम्रै थियो । 

खेल चलिरहँदा पश्चिमतर्फको दर्शकदीर्घाका युवकहरु कानेखुशी गर्दै थिए । पछाडि बसेका एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका कार्यकर्ताले त्यसलाई आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर्न खोजेको अर्थमा बुझेर एकाएक आक्रमणमा उत्रिएको एक प्रत्यक्षदर्शीेले बताए । 
 

प्रकाशित : २० फागुन २०८१, मङ्गलबार 15:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved