विराटनगर– सिराहाको नरहा गाउँपालिकाकी २५ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीले छानबिन समिति गठन गरेको छ ।
चार महिनाअघि यौन दुव्र्यवहारको सिकार भएकी सदाय वैशाख २ मा नवराजपुर गाउँपालिका–३, दोनबारीस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे सार्वजनिक चासो बढेपछि मधेस प्रदेश प्रहरी कार्यालयले अनुसन्धानका लागि समिति गठन गरेको हो ।
डीआईजी लालमणि आचार्यका अनुसार एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिमा प्रहरी निरीक्षक विक्रम शाह र एक सहायक हवलदार सदस्य छन् ।
पीडित आनन्दीदेवी गत पुस ९ मा बरियारपट्टी गाउँपालिका–१ कचनारीस्थित दिदीको घर जाँदै गर्दा नरगी भन्ने स्थानमा दुई युवकले बगैंचामा लगेर बलात्कार प्रयास गरेको आरोप छ । पीडितले त्यसबारे किटानी जाहेरी दिएकी थिइन् । तर इलाका प्रहरी कार्यालय महेशपुर पतारले जाहेरी ढिला गरी दर्ता गरेको पाइएको छ ।
डीआईजी आचार्यका अनुसार घटनापछि आरोपी फरार छन् । पीडितको जाहेरीपछि पनि आवश्यक कारबाही नगरेको भन्दै स्थानीयले प्रहरी प्रशासनमाथि बेवास्ताको आरोप लगाएका छन् । मृत्युको कारण र घटनामा प्रहरीले खेलेको भूमिकाबारे छानबिन गर्न समिति गठन गरिएको आचार्यको दाबी छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares