४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

मिल्स गोल्डकपको च्याम्पियन लेटाङ

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न  फाइनल खेलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले पराजित गर्दै लेटाङले उपाधि जितेको हो ।
 
लेटाङ टिमको पुजन चौधरीले खेलको ४५ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भएका हुन् । सुजन विकले निकालेको क्रस पासलाई पुजनले गोलमा परिणत गर्दै जित सुनिश्चित गरेका थिए । मिल्स गोल्डकपमा पहिलो पटक भाग लिएका लेटाङले उपाधी जित्दै इतिहास रचेको छ ।

उपाधिसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाए । 

विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द  टुर्नामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरुले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए । प्रतियोगिताको बिजेता टिम र खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, विराटनगर १६ का उद्धव भुजेल, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रकाशित : १० चैत २०८१, आइतबार 18:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved