पहलगाम आक्रमण
विराटनगर – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि भएको आतंककारी आक्रमणमा संलग्न तीन संदिग्ध आक्रमणकारीको पहिचान गरिएको छ । भारतीय सुरक्षास्रोतका अनुसार पहिचान गरिएका तीन जनामा आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेका छन् ।
घटनास्थलमा जीवित बच्न सफल व्यक्तिहरूको सहयोगमा भारतीय अधिकारीहरूले तीनै जनाको स्केचसमेत सार्वजनिक गरेका छन् । उनीहरूले ‘मुसा’, ‘युनुस’ र ‘आसिफ’ भन्ने कोड नाम प्रयोग गर्दै आएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
यी तीनै जना पाकिस्तानमा आधार भएको प्रतिबन्धित आतंकवादी संगठन लश्कर–ए–तैयबाको छायाँ संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) का सदस्य भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । भारतीय सुरक्षास्रोतका अनुसार आक्रमणकारीहरू जम्मुको किश्तवाडबाट सीमा पार गर्दै दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेका थिए जहाँ पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरिएको थियो ।
मंगलबारको घटनामा बुटवलका युवा सुदीप न्यौपानेसहित २८ जनाको ज्यान गएको पुष्टि भएको छ । अन्य मृतकहरूमा भारतका विभिन्न राज्यहरु उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटक छन् । दुई जना संयुक्त अरब इमिरेट्सका नागरिकसमेत छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारीहरूले केही पर्यटकसँग नाम सोधपुछ गरेपछि गोली प्रहार गरेका थिए । उत्तर प्रदेशका पर्यटक शुभम द्विवेदीसँग नाम सोधिएको र त्यसपछि गोली प्रहार सुरु भएको जनाइएको छ ।
आक्रमणपछि भारतका अन्य सहरहरूमा उच्च सतर्कता अपनाइएको छ । भारतीय गृहमन्त्री अमित शाहले घटनास्थलको अवलोकन गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमण छोट्याउँदै स्वदेश फर्किएर उच्चस्तरीय सुरक्षा बैठकमा सहभागी भएका छन् । यो घटना सन् २०१९ मा पुलवामामा भएको आक्रमणपछि जम्मु–कश्मीरमा नागरिकमाथि भएको सबैभन्दा घातक आतंककारी आक्रमण मानिएको छ ।
समाचार
राजनीति र फुटबलका पुराना खेलाडीबीच मैत्रीपूर्ण संवाद
द नेप्लिज संवाददाताविद्यालय शिक्षा विधेयकलाई सदनमा पेस भएलगत्तै पारित गर्ने सहमति
द नेप्लिज संवाददाता‘देश विकासको नेतृत्व विद्यार्थीले लिनुपर्छ’
द नेप्लिज संवाददाताएमालेका रघुजी पन्त शिक्षामन्त्री नियुक्त, सपथ ग्रहण भोली
द नेप्लिज संवाददातामिश्र र प्रसाईँको मुद्दामा अदालतद्वारा प्रहरीलाई झपार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares