काठमाडौँ – नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिँदै सरकारसँग वार्तामा पनि बस्ने निर्णय गरेको छ। मंगलबार राजधानीमा बसेको महासंघको विस्तारित बैठकले आन्दोलन र संवादलाई सँगसँगै लैजाने रणनीति अख्तियार गर्ने निर्णय गरेको हो।
महासंघले यसअघि विद्यालय शिक्षा ऐनको सुनिश्चितता बिना वार्तामा नबस्ने अडान लिएको थियो। तर अब भने सरकारसँग वार्ताका लागि ९ बुँदे प्रस्तावमा सहमति जनाउने आधारमा छलफलमा सहभागी हुने निर्णय लिएको छ। महासंघले शिक्षामन्त्रीसँग अहिलेसम्म भएका अनौपचारिक छलफललाई आधिकारिक वार्ता मानेको थिएन।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले आन्दोलनको स्वरूप सरकारले विद्यालय शिक्षा ऐनबारे लिने निर्णय, मन्त्रिपरिषद्को प्रतिबद्धता तथा शिक्षा उपसमितिमा हुने छलफलको परिणामले निर्धारण गर्ने बताए।
बैठकको निर्णयसँगै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष सानुमाया पराजुलीलगायतका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन्। उनीहरू शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग वार्तामा सहभागी हुन गएका हुन्।
शिक्षक नेताहरूले महासंघले अघि सारेको ९ बुँदे प्रस्तावमा सहमति भए मात्र आफूहरूले सहमति जनाउने स्पष्ट पारेका छन्। सरकार भने वार्ताबाट सहमतिको बिन्दु खोज्न प्रयत्नशील देखिएको छ। महासंघले भने विगतमा सरकारले गरेका सहमति तथा सम्झौताको आधारमा नै ९ बुँदे प्रस्ताव अघि सारेको जनाएको छ। महासंघले यदि प्रस्तावमा सहमति नभए आन्दोलन यथावत् रहने चेतावनी पनि दिएको छ।
सरकार र शिक्षकबीचको वार्ता आज पनि निष्कर्षविहीन, आन्दोलन यथावत्
सरकार र आन्दोलनरत शिक्षकबीच आज भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। तीन मन्त्रीको उपस्थितिमा भएको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आन्दोलन तत्काल नरोकिने भएको छ।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले वार्ता सन्दर्भमा जानकारी दिँदै भनिन्, 'सहमति भएपछि पनि आन्दोलन रोकिँदैन, क्याबिनेटबाट निर्णय पारित भएपछि मात्रै रोक्छौँ। मोडालिटी परिवर्तन हुनसक्छ।'
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक वार्तामा सहभागी भएका थिए। अर्थमन्त्री पौडेल केही समय वार्तामा बसेर बैठकबाट बाहिरिएका थिए।
सरकारसँग वार्ता गरिरहेको शिक्षक महासंघले २२ बुँदे मागपत्र कार्यान्वयनको माग गर्दै देशभर आन्दोलन जारी राखेको छ। माग पुरा नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने महासंघले जनाएको छ।
शिक्षा/प्रविधि
शिक्षक आन्दोलन टुंगिने संकेत : सरकार सकारात्मक, बुधबारसम्म माग सम्बोधन हुने मन्त्री गुरुङको भनाइ
द नेप्लिज संवाददाताचट्याङ्गसहित वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
द नेप्लिज संवाददाताआन्दोलनरत चिकित्सकसँग सहमति, शिक्षक आन्दोलनसमेत टुंगिने चरणमा
द नेप्लिज संवाददाताके संविधान शिक्षकका लागि मात्र हो ?
सन्तोष पोख्रेलगगन थापाको ‘डाँडाबाट लाखौँ कमाउने’ परिकल्पना : नलेज इकोनोमीको यथार्थमा आधारित सपना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares