२० वैशाख २०८२, शनिबार 03 May 2025, Saturday

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

द नेप्लिज संवाददाता
१९ वैशाख २०८२, शुक्रबार

Advertisement

काठमाडौँ  —खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले ती निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

२०८१ भदौ २८ मा प्रकाशित विज्ञापनअनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ मा प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ जना र खुलातर्फ १२ जना गरी ७७ प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए । गृह मन्त्रालयको सचिवस्तरको २०८२ वैशाख ११ को निर्णयअनुसार वैशाख १४ देखि लागू हुने गरी उनीहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

उक्त अवसरमा सचिवस्तरको २०८२ वैशाख ९ को अर्को निर्णयअनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका वीरेन्द्र कुमार कोईरालालाई समेत आईजीपी थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी थापाले नवनियुक्त प्रहरी अधिकृतहरूलाई बधाई दिए । पदीय मर्यादालाई मनन गर्दै आगामी दिनमा थप अनुशासित, परिष्कृत तथा व्यावसायिक ढंगले जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि थप ऊर्जा प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति थियो।
 

अंग्रेजीमा पढ्नुहोस् :

Newly Appointed Police Inspectors Decorated with Insignia

Kathmandu — A total of 65 newly appointed police inspectors under the departmental category have been decorated with rank insignia following their appointment through open competition for the post of Police Inspector in the General Police Group.

Inspector General of Police (IGP) Deepak Thapa conferred the insignia on them during a special ceremony held at the Nepal Police Headquarters on Friday.

According to the vacancy announcement published on Bhadra 28, 2081 B.S., the final results of the open competition were released on Baisakh 7, 2082 B.S. Out of the successful candidates, 65 were selected under the departmental category and 12 under the open category, making a total of 77 newly appointed Police Inspectors. As per the decision made by the Ministry of Home Affairs at the secretary level on Baisakh 11, their appointments were made effective from Baisakh 14.

On the same occasion, IGP Thapa also decorated Police Inspector Birendra Kumar Koirala, who was promoted from the post of Senior Sub-Inspector of Police under a separate decision made by the Ministry of Home Affairs on Baisakh 9, 2082 B.S.

Addressing the event, IGP Thapa congratulated the newly appointed officers and instructed them to uphold the dignity of their position, remain more disciplined, refined, and professional in their conduct, and carry out their duties with excellence. He expressed confidence that the organization would gain fresh energy and strength from their contributions.

The event was attended by Additional Inspectors General of Police, Deputy Inspectors General, senior police officials, as well as other officers and personnel.

प्रकाशित : १९ वैशाख २०८२, शुक्रबार 20:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved