६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

किशोरीलाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

द नेप्लिज संवाददाता
२९ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर– एक किशोरीलाई चार वर्षदेखि यौन व्यवसायमा लगाइरहेको आरोपमा बागलुङ प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार बागलुङ ढोरपाटन–१ को बुर्तिवाङ बजारबाट बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा तमानखोला–१ की ४० वर्षीया प्रितिमा विक र बुर्तिवाङमै बसन्त रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरकी सञ्चालिका मकवानपुरको कैलाश–९ की ३७ वर्षीया खिमकुमारी बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पीडित १६ वर्षीय किशोरीलाई ४ वर्षदेखि होटलमा राखेर यौन व्यवसाय सञ्चालन गरेको सूचना पछि कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।  छापा मारेर प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । 
आरोपीद्वयलाई मानवेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्र्तगत वेश्यावृत्तिमा लगाउन नहुने सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान पनि थालेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित : २९ चैत २०८१, शुक्रबार 15:05
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved