क्रिकेटभित्रको राजनीति
विराटनगर– पाकिस्तानको लाहौरको गद्दाफी स्टेडियममा च्याम्पियन्स ट्रफीको आठौँ भिडन्तमा अफगानिस्तानले इंङ्ग्ल्याण्डलाई पराजित गरेर घर पठाएको छ । यो विजयले अफगानिस्तानले सेमिफाइनल सम्म पुग्ने भरोसा कायम राखेको छ । अफगानिस्तानले शुक्रबार अष्ट्रेलिया विरुद्ध खेल्दैछ । इंङ्ग्ल्याण्ड विरुद्धको खेलमा बुधबार उसले निर्धारित ५० ओभरमा इब्राहिम जादरानको १ सय ७७ रनको बलमा ३ सय २५ रनको विशाल स्कोर खडा गर्यो ।
इंङ्ग्ल्याण्डको पूरा टिममले ३ सय १७ रन मात्र जोड्न सक्यो । रुटको १ सय २० रनको सानदार पारीले पनि इंङ्ग्ल्याण्डलाई हारबाट जोगाउन सकेन । यो प्रतिस्पर्धा सुरु नहुँदैदेखि विवादमा थियो । च्याम्पियन्स ट्रफीको अगाडिदेखि बेलायतका १ सय ५० भन्दा बढी नेताले अफगानिस्तानमा महिला अधिकारको उल्लंघनको मुद्दा उठाएका थिए । नेताहरुले इंङ्ग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डसँग अफगानिस्तान विरुद्धको म्याच खेल्न नहुने माग गरेको थियो ।
आईसीसीको नियमावली अनुसार बोर्डले राजनीतिज्ञहरुको माग पुरा गर्न सकेन । तर अहिले भने अफगानिस्तानसँग इंङ्ग्ल्याण्डको पराजयलाई राजनीतिक विवादसँग जोडिंदैछ । यही प्रतिस्पर्धामा अफगानिस्तानको सलामी ब्याटर इब्राहिम जादरानले च्याम्पियन्स ट्रफीमा व्यक्तिगत सर्वोच्च स्कोरको रेकर्ड पनि तोडे । इंङ्ग्ल्याण्डकै ब्याटर बेन डकेटले यो च्याम्पियन्समा १६५ रन बनाउने एक्लो खेलाडी थिए ।
विश्वकप पछि च्याम्पियन्स ट्रफीमा शतक बनाउने जादरान अफगानिस्तानका पहिलो ब्याटर बने । उनलाई प्लयेर अफ द म्याच छनोट गरियो । इंङ्ग्ल्याण्डको लागि पारीको सुरुवात गर्ने फिल सल्टले मात्र १२ रन बनाएर अजÞमतुल्लाह उमरजईको बलमा आउट भए । विकेटकीपर र ब्याटर जेमी स्मिदले केवल नौ रन बनाउन सके । अष्ट्रेलिया विरुद्ध दमदार पारी खेलेका बेन डकेटेले ३८ रन बनाएर राशिद खानको बलमा आउट भए । ह्यारी ब्रोकलाई मोहम्मद नबीले २५ रनभन्दा बढी बनाउन दिएनन् । धमाधम आउट हुने क्रमबीच रुट भने आत्मविश्वासका साथ डटेर खेले । उनले १ सय २० रन बनाए । कप्तान जोस बटलरले ३८ बनाए । लिम लिभिंगस्टोनले केवल १० रन बनाए । अफगानिस्तानका लागि अजमतुल्लाह उमरजईले तीन, मोहम्मद नबीले दुई र राशिद खान, गुलबदीनले एक/एक विकेट लिए । इंङ्ग्ल्याण्डको तर्फबाट जोफ्रा आर्चरले तीन, लिम लिभिङस्टोनले दुई, जेमी ओभर्टन र आदिल राशिदले एक/एक विकेट लिए ।
अफगानिस्तानको जीत माथि च्याम्पियन्स ट्रफीको आयोजक तर सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिइसकेको पाकिस्तानमा पनि चर्चा गर्माएको छ । पाकिस्तानको तीब्र गतिका पूर्वबलर शोयब अख्तरले एक भिडियो सन्देशमा अफगानिस्तानले रनको पहाड खडा गरेकोमा हर्ष प्रकट गरेका छन् । ‘अफगानिस्तानलाई परिपक्वता र उर्जाका साथ खेलेको देखेर मन खुशी भयो, पाकिस्तान, हिन्दुस्तान र अफगानिस्तानले सेमिफाइनल खेलुन् भन्ने चाहना थियो तर दुर्भाग्यले पाकिस्तान खेलबाट बाहिरिएको छ,’उनले भने । पूर्व भारतीय क्रिकेटर रवि शास्त्रीले अफगानिस्तानको विजयलाई चमत्कारिक बताएका छन् । सामाजिक सञ्जाल मञ्चका प्रयोगकर्ताहरुले पनि एसियाली क्रिकेटमा अफगानिस्तानको उदय दोस्रो सबैभन्दा ठूलो टिमको रुपमा भइरहेको स्वीकारेका छन् ।
आईसीसी र्याकिङमा शीर्ष आठ टिमको दौडमा श्रीलंकालाई पछार्दै अफगानिस्तान यो ट्रफिमा प्रवेश पाएको हो । पाकिस्तान र बंगलादेश टुर्नामेन्ट बाहिरिए पछि एशियाली टिममा भारत र अफगानिस्तान मात्र बाँकी छ । भारत सेमिफाइनलमा पुगिसकेको छ । तर अफगानिस्तानका लागि अष्ट्रेलिया विरुद्धको खेल क्वार्टर फाइनल बनेको छ । (एजेन्सीहरुको सहयोगमा)
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताखेलकुद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares