प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सरकारी स्रोतको यस्तो सार्वजनिक दुरुपयोग र कानुनविपरीतका गतिविधिले नेकपा एमालेको ‘सुशासन र शुद्धाचार’ को नाराप्रति जनस्तरमै गम्भीर प्रश्न उब्जिएको देखिन्छ ।
विराटनगर— प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहेको सिरहाको जिल्ला अधिवेशन कार्यक्रममा सरकारी स्रोतको दुरुपयोगदेखि शैक्षिक संस्थाको बन्दसम्मका गतिविधिले ‘सुशासन’ को भाषणलाई गिज्याउने दृश्यहरू देखिएका छन् ।
मंगलबार सिरहा सदरमुकाममा सम्पन्न एमालेको एघारौँ जिल्ला अधिवेशनका लागि कार्यकर्ता उतार्न स्थानीय तहका स्रोत प्रयोग गर्दै व्यापक रूपमा इन्धन वितरण गरिएको खुलेको छ । चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा एमाले कार्यकर्ता गुगली यादव नेतृत्वमा सवारीसाधनमा इन्धन हालिएको देखिएको थियो ।
मोटरसाइकललाई २ लिटर, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म पेट्रोल तथा डिजेल वितरण गरिएको स्रोत बताउँछ । तर यो इन्धन पार्टीले आफैं जुटाएको नभइ एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाताबाट चलाउँदै आएको पेट्रोल पम्पमार्फत सरकारी खर्चमै बाँडिएको पुष्टि भएको छ ।
एमालेकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार आज वितरण भएको इन्धन पालिकाकै खाताबाट मिलान हुनेछ । उनले थपे, ‘सबै पालिकाले दिएका छन् । मेयरले निर्देशन दिएपछि प्रशासनिक कर्मचारीले नमानेर हुँदैन ।’ सिरहामा जम्मा १७ वटा स्थानीय तह छन् जसमध्ये ९ वटा — गोलबजार, सिरहा, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, सुखीपुर नगरपालिका र नरहा, विष्णुपुर, भगवानपुर गाउँपालिका — एमालेले जितेका हुन् । यिनै पालिकाहरूबाट स्रोत प्रयोग गरिएको बुझिएको छ ।
सरकारी सवारीसाधनको समेत राजनीतिक कार्यक्रमका लागि दुरुपयोग भएको देखिएको छ । अझ गम्भीर विषय त के भने बालबालिकासमेत कार्यक्रममा सहभागिता गराइएको छ । निर्वाचन आचारसंहिता र बालअधिकार ऐनअनुसार राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग कानुनी रूपमा निषेध गरिएको छ ।
स्थानीय समाजसेवी अरविन्द यादव भन्छन्, ‘सिरहामा आज लुट भयो । सरकारी स्रोतको खुलेआम दुरुपयोग भयो । प्रधानमन्त्रीले भाषणमा सुशासनको कुरा मात्र होइन, आफ्नै नेतृत्वमा त्यसको उल्लंघन कसरी भयो भन्ने जवाफ दिनुपर्छ।’
कार्यक्रमकै लागि सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस समेत बन्द गराइएको थियो ।
क्याम्पस प्रमुख रामहित यादवका अनुसार प्रधानमन्त्रीको कार्यक्रममा सहजता होस् भनेर एक दिन बिदा दिइएको हो । प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रममा सरकारी स्रोतको यस्तो सार्वजनिक दुरुपयोग र कानुनविपरीतका गतिविधिले नेकपा एमालेको ‘सुशासन र शुद्धाचार’ को नाराप्रति जनस्तरमै गम्भीर प्रश्न उब्जिएको देखिन्छ ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares