विराटनगर — वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मालाई पर्यटन विभागले सगरमाथा आरोहण अनुमति दिएको छ। विभागका अनुसार शर्मासहित दुई जनालाई अनुमति जारी गरिएको हो।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले सेभेन समिट ट्रेक्स कम्पनीमार्फत शर्मालगायत दुई जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जानकारी दिए। उक्त आरोहण दलको नेतृत्व पर्वतारोही फुर्वा शेर्पाले गर्दैछन्।
दुवै जना आरोहीको तर्फबाट जनही ७५ हजार रुपैयाँका दरले कुल १ लाख ५० हजार रुपैयाँ सरकारलाई सलामी दस्तुर बुझाइएको छ।नेता शर्मा हाल सगरमाथाको आधार शिविरमा छन्। उनी करिब १० दिनअघि काठमाडौँबाट पदयात्रा सुरु गरेका थिए।
उक्त दुई सदस्यीय टोलीका लागि खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज गौतमलाई सम्पर्क अधिकृत (लिआजोन अफिसर) तोकिएको छ।सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार शर्मासँग सगरमाथा आरोहणका लागि २७ लाख रुपैयाँमा सम्झौता भएको छ। ‘उहाँले आधा रकम बुझाइसक्नुभएको छ, केही बाँकी छ,’ शेर्पाले भने
यसैबीच पर्यटन विभागका अनुसार बिहीबारसम्म ५५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। आरोहणका क्रममा फिलिपिन्सका ४५ वर्षीय नागरिक फिलिप सान्टियागोको चौथो शिविरमा निधन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। उनी काठमाडौँस्थित स्नोयी होराइजन ट्रेक्समार्फत सगरमाथा चढ्न गएका थिए।
विभागका अनुसार बुधबारसम्म सगरमाथा आरोहणका लागि ४६ वटा टोलीमार्फत ४ महिला र ३७४ पुरुष गरी ४०५ जना स्वदेशी तथा विदेशीलाई अनुमति दिइएको छ।यस सिजनमा सगरमाथासहित २७ वटा हिमाल आरोहणका लागि ७३ देशका १,१४० जना (२४४ महिला र ८९६ पुरुष) ले अनुमति पाएका छन्। सगरमाथा आरोहणको तयारीमा हाल ५७ देशका आरोहीहरू आधार शिविरमा छन्।
#विश्वप्रकाश
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares