६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र नेपाल बार एशोसिएशनको अध्यक्षमा निर्वाचित

द नेप्लिज संवाददाता
२८ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौँ — नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले ५  हजार ५२ मत प्राप्त गर्दै अध्यक्ष पदको लागि प्रतिस्पर्धा गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठले २ हजा ६ सय २१ मत प्राप्त गरेका थिए ।

नेपाल बारमा सत्तारुढ नेकपा एमाले र कांग्रेससम्बन्धी कानुन व्यवसायीहरूको गठबन्धनले मिश्रलाई आफ्नो उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायीहरूको संगठनले श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए ।

मिश्रको प्यानल केन्द्रीय समितिमा पनि विजयी भएको छ । नयाँ अध्यक्ष मिश्रले चुनावमा अघि सारेका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर होइन, काम गरेर देखाउनको लागि हाम्रो टीम समर्पणपूर्वक काम गर्नेछ ।’

बारको उपाध्यक्षमा विभिन्न प्रदेशबाट उम्मेदवारहरू निर्वाचित भएका छन् । कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । अध्यक्ष मिश्रको प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिव र वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की कोषाध्यक्षको रूपमा निर्वाचित भएका छन् ।
 

प्रकाशित : २८ चैत २०८१, बिहीबार 13:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved