विराटनगर– मिल्स गोल्डकप फुटवल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई मोरङको लेटाङ फुटबल क्लबले पराजित गर्दै फाइनलमा पुगेको छ । विराटनगरको जुट मिल खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो । मिल्स गोल्डकपको फाइनलमा उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
जितको लागि लेटाङका सौगात राईले दुइ गोल, विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान १–१ गोल गरे । घरेलु टिम पेमाको तर्फबाट निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले समान १–१ गोल गरे ।
खेल सुरु भएको ४ औं मिनेटमा पेमा स्पोर्टिङ क्लबका निशान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले ९ औँ मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । यो अग्रता धेरै बेर टिक्न सकेन । खेल सुरु भएको ९ औँ मिनेटमा २–० गोलले पछि परेको लेटाङले आक्रमक खेल पस्कियो । त्यसपछि लेटाङका खेलाडी विवेक राईले खेलको २३ औँ मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । खेलको ३२ औँ मिनेटमा अनुप मगरले अर्को गोल गर्दै खेल बराबारीमा ल्याए । पहिलो हाफसम्म २–२ गोलको बराबारी भयो ।
दोस्रो हाफपछि लेटाङले पुनः आक्रमक खेल पस्कियो । खेलको ५७ औँ मिनेटमा सन्दिप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए । किरण शंकरले खेलको ६५ औँ मिनेटमा गोल गर्दै लेटाङले ४–३ गोलले अग्रता बनायो । ७० औँ मिनेटमा सौगत राईले डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुमाए । त्यसलगतै पेमाका खेलाडी प्रनिश न्यौपानले गोल गर्दै ३–५ गोलले अग्रता घटाए । खेलको ७८ औं मिनेटमा लेटाङका सौगत राईले गोल गर्दै टिमको जित सुनिश्चत गरे । खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकर घोषित भए । उनले नगद २ हजार १ सय पाए ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares