विराटनगर– महानगरको अनुमति बिनै मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा शुक्रबार भूमिपुजन गर्न थालेपछि विवाद बढ्दै गएर झडप भएको छ । केही प्रदर्शनकारी र नगर प्रहरी घाइते भएको नेपाल प्रहरीले जनाएको छ । महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिए पछि त्यहा तनाव उत्पन्न भएको हो ।
झडपमा ८ नगर प्रहरी र ९ कोटीहोम पक्षधर घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मानव सेवा फाउन्डेसन, नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । उच्च अदालत पोखराले अवरोध नगर्न आदेश जारी गरेको छ।
भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । पोखरा महानगरले लेकसाइडमा कोटीहोम हुन नसक्ने भन्दै आएको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारीले अटेर गर्दै कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares