विराटनगर– विवादित पाथिभरा केवलकारको सन्दर्भमा सद्भाव र्याली निकाल्ने क्रममा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा १२ सुरक्षाकर्मीसहित १३ जना घाइते भएको ताप्लेजुङ प्रशासन कार्यालयले पुष्टि गरेको छ । पाथीभरा केवलकार परियोजनाको विरोध चर्किँदै गएपछि बिहीबार आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । यो क्रममा १२ सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका छन् । नेपाल प्रहरीका ६ , सशस्त्र प्रहरीका ५ र नो केबलकार समूहका १ जना घाइते भएका हुन् । आन्दोलनकारीले सशस्त्र प्रहरीले प्रयोग गरेका सेफ्टी ढाल ५ वटा र मेगा फोन १ वटामा पूर्ण क्षति भएको छ । झडपका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्स तोडफोड हुँदा चालक घाइते भएका छन् । ‘नो केबलकार’ अभियानका समर्थकहरूले वृहत् सद्भाव र्याली निकाल्दै केवलकारको बेस स्टेसनसम्म पुगेका थिए । उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।
आन्दोलनकारीहरूले जबर्जस्ती अघि बढ्न खोजे पछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । दुबै पक्षबीच घम्साघम्सी हुँदा झडपको अवस्था सिर्जना भएको थियो । ताप्लेजुङ प्रशासन कार्यालयका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याँस प्रहार गगरेको छ । प्रदर्शनकारी आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको स्थानीय ्रशासनको दावी छ । माघ ६ देखि ८ सम्म चलेको पदयात्राको अन्तिम दिन बुधबार आन्दोलन थप चर्किएको हो । उक्त सद्भाव र्यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगिसकेका थिए ।
आन्दोलनरत समूहले केवलकारको बेस स्टेसनतर्फ अघि बढेर प्रदर्शन जारी राखेका थिए । प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको जनाउँदै अहिले अवस्था सामान्य छ। झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले दुबै पक्षलाई संयमित रहन आग्रह गर्दै शान्तिपूर्ण समाधान निकाल्न पहल गरिरहेको जनाएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज ३ सय जनाले ताप्लेजुङको फुङलिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रामा सहभागिता जनाएका हुन् । । पदयात्रामा अध्यक्ष महतो, पार्टी नेता रमन पाण्डेय, अनुप सुब्बा, सीएम थारु, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी, बेबी राज भण्डारीलगायत स्थानीय नेता–कार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु यस पदयात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले भनेको छ । यो परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएको अध्यक्ष महतोले बताए । उनले भने, ‘मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने गतिविधि कुनै पनि हालातमा सह्य हुने छैन । केबलकार निर्माण बन्द नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’ नेपाल केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउनका लागि आवश्यक कदम चाल्न सरकारसँग उनले माग गरेका हुन् । राज्यले आफूहरूको आवाज नसुनेमा आन्दोलनलाई थप सशक्त बनाउने महतोले चेतावनी दिएका छन् ।
केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा रहेकाले स्थानीयहरू चिन्तित छन् । केबलकार परियोजनाको कार्यान्वयनले पर्यटन प्रवर्धन गर्न सक्ने सम्भावना रहे पनि त्यसले पहिचान मेटिने गरी स्थानीय संस्कृति र सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयवासी आक्रोशित छन् । यस पदयात्राले मुकुम्लुङ क्षेत्रमा केबलकार परियोजनाको विरोधमा स्थानीय तथा राष्ट्रिय नेताहरूलाई एकजुट भएको सन्देश दिएको हो ।
समाचार
‘योद्धा’ गाडीमा ३२३ किलोग्राम गाँजा
द नेप्लिज संवाददातायुएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह दुई दिने नेपाल भ्रमणमा
द नेप्लिज संवाददाताजम्मु–कश्मीरको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु
द नेप्लिज संवाददातामोरङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
द नेप्लिज संवाददाताराजनीति र फुटबलका पुराना खेलाडीबीच मैत्रीपूर्ण संवाद
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares