६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित दुई जनालाई पाँच दिनको म्याद थप

द नेप्लिज संवाददाता
१० चैत २०८१, आइतबार

Advertisement

सिरहा — सिरहाको औरही गाउँपालिकामा महायज्ञको नाममा दलित समुदायमाथि ज्यादती गरेको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव विरुद्ध अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार आइतबार सिरहा जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको हो । उनीहरू शुक्रबार साँझ पक्राउ परेका थिए ।

फागुन १० मा औरही–५ मा आयोजना हुन लागेको महायज्ञका क्रममा अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घरलाई ’अछुत’ भन्दै डोजर प्रयोग गरी भत्काइदिएका थिए ।
यस घटनापछि पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जाहेरीमा जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनी कारवाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

नेपालको कानुनअनुसार जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यसै घटनामा अझै फरार रहेका बजरंगी बाबाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।
 

प्रकाशित : १० चैत २०८१, आइतबार 21:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved