२१ वैशाख २०८२, आइतबार 04 May 2025, Sunday

मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश

द नेप्लिज संवाददाता
१८ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ ।

जित पछि समुह वि मा पुलिस, आसाम र घरेलु टाली कोशी प्रदेशले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडेको जियो । नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो । यस अघि समुह ए बाट विभागिय टोली त्रिभुवन आर्मी क्ल्व फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ ।

पाहुना टोली आसामले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नु पर्ने दवावका विच मैदान प्रवेश गरेको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको थियो । 
 
टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा सबै १ सय ५४  रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ रन  र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३  विकेट लिँदा अिरुण ऐरीले पनि ३ विकेट लिए ।

जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट लक्ष्य पार गरेका छ । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिँदा शंकर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले । एक समयमा पुलिस ६ दशमलव २ बलमा ४३ रनमा ४ विकेट गुमाइ नाजुक स्थितिमा रहेको वेला कप्तान अमित र शंकरले पाँचौ विकेटकालागि १ सय १९ बलमा अविजित १ सय १७ रनको ठोस साजेदारी गरेका थिए । आसामका कप्तान गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित : १८ वैशाख २०८२, बिहीबार 16:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved