मर्चवार (रूपन्देही) — रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ भयानक सवारी दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । भ्यानमा सवार २४ जना यात्रु मायादेवी मन्दिरमा मुण्डन संस्कार सकेर घर फर्किंदै थिए ।
लु १ च २७६३ नम्बरको पिकअप भ्यान लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा अनियन्त्रित भइ पल्टिएको थियो । दुर्घटनामा गैँडहवा–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पतालमा र १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा उपचार भइरहेको छ । दुर्घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार भ्यान तीव्र गतिमा गुडिरहेको थियो ।
मोडमा पुग्नेबित्तिकै सन्तुलन गुमाएर पल्टिएको उनले बताए । प्रहरीले कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय चालक अशोक पासीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सुरज कार्कीका अनुसार सामान बोक्ने भ्यानमा क्षमताभन्दा बढी यात्रु चढाइएकोले भारवहन क्षमता नाघेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares