काठमाडौं – वैदेशिक रोजगारीको आकर्षक प्रस्ताव राखी युएई पठाइदिन्छु भन्दै ठगी गर्ने चन्द्रागिरी नगरपालिका–६ निवासी ४१ वर्षीय सुवास थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापाले एक पीडितबाट १ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाले आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि रकम उठाउने गरेको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनामा वृद्धि भइरहेको सन्दर्भमा सचेत रहनु आवश्यक छ । सरकारले यस्ता ठगी नियन्त्रणका लागि थप कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares