सरकारप्रतिको आक्रोश सडकमा पोखियो
लिङ्देनले शान्तिको पक्षमा पार्टी रहेको स्पष्ट पार्दै भने, ‘एक भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर जंगल छिरेको माओवादीले देशलाई कहाँ पुर्यायो भन्ने इतिहास छ । के आज राजा चाहिने मान्ने २/४ हजार मानिस जंगल पस्न तयार छैनन् र ? तर हामी शान्तिपूर्ण मार्गमै अघि बढ्न चाहन्छौं ।’
विराटनगर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुको पछिल्ला अभिव्यक्तिहरूले सरकारप्रति बढ्दो असन्तुष्टिको संकेत दिएका छन् ।
उनीहरूले धर्मनिरपेक्षता, गणतन्त्र र अभिव्यक्तिको स्वतन्त्रता जस्ता मुद्दामा सरकारको नीति र कदमको विरोध गरेका छन् । यसले राजसंस्था र राष्ट्रवाद सम्बन्धी बहसलाई पुनः सार्वजनिक मञ्चमा ल्याएको छ ।
राप्रपा अब प्रदर्शन र आन्दोलन मार्फत सरकारको दमन र निषेधका कदमहरूको प्रतिवाद गर्दै छ र यसका माध्यमबाट सरकारको नीतिविरुद्ध जनमत निर्माण गर्न चाहन्छ । उनीहरूको अनुसार प्रदर्शनमा रोक लगाउनु असंवैधानिक र अलोकतान्त्रिक छ ।
यसबाट सरकारको स्वच्छन्दता र जनताका अधिकारहरूमा पर्न गइरहेको खतरा प्रष्टै देखिन्छ । राप्रपाको अबको प्रयास भनेको जनताको अधिकारहरूको पक्षमा उभिनु, सरकारको एकपक्षीय र दमनकारी नीतिहरूको विरोध गर्दै व्यापक जनसमर्थन जुटाउनु हो ।
सरकारले नागरिकको प्रजातान्त्रिक अधिकारमाथि अंकुश लगाउन खोजेको आरोपसहित राप्रपा नेतृत्वले एक स्वरमा आक्रोश पोखेको छ ।
काठमाडौँको बल्खुमा मंगलबार आयोजित बागमती प्रदेशस्तरीय खबरदारी सभामा पार्टी अध्यक्षदेखि पूर्वअध्यक्षसम्मले सरकारप्रति कडा चेतावनी दिएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भृकुटीमण्डपमा सभा गर्न रोक लगाइएको घटनालाई जनअधिकारमाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै भने, ‘सरकार केही हजार मान्छेको र्याली देखेर डराएको छ । हामी शान्तिपूर्ण प्रदर्शनमै विश्वास गर्छौं तर चारैतिरबाट बालुवाटार घेराउ गरेर भातपानी बन्द गराउन सक्ने क्षमतासमेत हामीसँग छ ।’
उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाको रिहाइ माग गर्दै ‘राजा चाहिन्छ’ भन्ने नागरिकलाई थुन्ने हो भने देशभरका लाखौं जनता थुन्न जेल खाली गर्नुपर्ने अवस्था आउने चेतावनी दिए । राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले पनि शान्तिपूर्ण प्रदर्शनमा सहभागी नेता–कार्यकर्तालाई राज्यविरुद्धको अभियोगमा जेल हाल्ने प्रयासप्रति गम्भीर आपत्ति जनाए ।
‘प्रजातन्त्रमा सरकारलाई मन नपरेको कुरा बोलेपछि थुन्ने अभ्यास सुरु भएको छ,’ उनले भने, ‘९४ प्रतिशत सनातनी नागरिक भएको देशलाई हिन्दू राष्ट्र नबनाएर धर्मनिरपेक्ष बनाइनु अन्यायपूर्ण छ ।’
उनले २०४६ को राजनीतिक सहमतिअनुसार राजसंस्थालाई कायम राख्ने कुरामा राजनीतिक दलहरू सहमत भए पनि त्यसलाई एकतर्फीरूपमा उल्ट्याएको आरोप लगाए । ‘राजा र दलबीचको सहमति उल्लंघन गर्दै गणतन्त्र र धर्मनिरपेक्षता थोपरिएको छ,’ राणाले भने ।
लिङ्देनले शान्तिको पक्षमा पार्टी रहेको स्पष्ट पार्दै भने, ‘एक भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर जंगल छिरेको माओवादीले देशलाई कहाँ पुर्यायो भन्ने इतिहास छ । के आज राजा चाहिने मान्ने २/४ हजार मानिस जंगल पस्न तयार छैनन् र ? तर हामी शान्तिपूर्ण मार्गमै अघि बढ्न चाहन्छौं ।’
राणाले मुलुक कुशासन र भ्रष्टाचारले ग्रस्त बनेको आरोप लगाउँदै सुशासन, इमान्दारी र दक्ष नेतृत्वको आवश्यकता रहेको बताए । उनले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको निष्पक्ष छानबिनको मागसमेत दोहोर्याए ।
राप्रपाले देशभर सञ्चालन गरिरहेको प्रदेशस्तरीय खबरदारी सभामध्ये हालसम्म ६ वटा सम्पन्न भइसकेका छन् । मंगलबारको बागमती प्रदेशसभालाई काठमाडौँमा ठूलो सहभागिताबीच सम्पन्न गरिएको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares