विराटनगर– नेपालीले आज पुरानो वर्ष २०८१ लाई विदा गर्दैछन् । भोलिदेखि नयाँ वर्ष २०८२ को स्वागत गर्दैछन् । गएको वर्ष नेपालको राजनीतिक स्थायित्व, आर्थिक असहजता र सामाजिक उतारचढावका दृष्टिले अत्यन्तै निर्णायक रह्यो । आन्तरिक अस्थिरता, बाह्य चुनौती र कमजोर नेतृत्वले जनतामा गहिरो निराशा छाडेको छ ।
राजनीतिक चुलोमै धुवाँ
२०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को नेतृत्वमा प्रारम्भ भयो तर वर्षभरि राजनीतिक चित्र बदलिँदै गयो । वर्षभरि सरकारलाई बारम्बार विश्वासको मत लिनुपर्ने बाध्यता, गठबन्धन परिवर्तन, एकअर्कामाथि अविश्वासको आरोप र पार्टीभित्रको असन्तोषले लोकतान्त्रिक अभ्यासमै प्रश्न खडा गर्यो ।
पूर्वराजा ज्ञानेन्द्रको पुनस्र्थापनाको माग गर्दै हजारौं समर्थकहरू काठमाडौँको सडकमा ओर्लिए जुन २०८१ को अन्त्यतिर प्रारम्भ भएर २०८२ प्रारम्भ हुन लाग्दा सम्मै जोडतोडले कायम छ । नागरिक समाज, मधेश आन्दोलनका नेताहरु र विभिन्न समुदायको माग अझै पनि सम्बोधन हुन सकेको छैन ।
थिलथिलो आर्थिक वर्ष
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रह्यो, जुन सरकारले तय गरेको ६ प्रतिशत लक्ष्यभन्दा धेरै कम हो । रोजगारी सिर्जना गर्नुपर्ने बेलामा सरकार आफैं खर्च कटौती गर्न विवश देखियो ।
हालै उच्चस्तरीय आर्थिक सल्लाहकार आयोग (अध्यक्ष रमेश्वर खनाल) को प्रतिवेदनमा जलविद्युतमा गरिएको सार्वजनिक लगानीको जोखिम, विद्युत बिक्री सम्झौतामा ढिलाइ, कम्पनीहरूको ऋणभार, र पूँजीगत खर्चमा लापरवाहीजस्ता संरचनात्मक समस्याहरू औंल्याइएको छ । यसले आर्थिक प्रक्षेपणलाई अन्योलमा पारेको छ ।
सामाजिक लहर : भाषिक अधिकारदेखि सहिष्णुतासम्म
२०८१ मा सामाजिक क्षेत्रमा केही सकारात्मक पहलहरू पनि देखिए । बागमती प्रदेश सरकारले नेपाल भाषालाई प्रशासनिक कामकाजमा प्रयोग गर्न दिने निर्णय ग¥यो जसले भाषिक अधिकारको सवालमा ऐतिहासिक मोड ल्यायो । तर दलित र आदिवासी जनजातिहरूले अपेक्षित समान अवसर नपाएको गुनासो गरिरहे । त्यस्तै साइबर अपराध, बाल शोषण, मानव बेचबिखन र सामाजिक सञ्जाल प्रयोगमार्फत गरिने चरित्र हत्या र ब्ल्याकमेलिङजस्ता घटनाहरूको संख्यामा वृद्धि भयो जसले कानुनी र नीतिगत सुधारको खाँचो देखायो ।
२०८२ मा कुन बाटो समाउने ?
राजनीतिक स्थायित्व
राजनीतिक दलहरूले दलीय स्वार्थभन्दा माथि उठी दीर्घकालीन नीति निर्माण र कार्यान्वयनमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । संविधानको मर्म अनुसार समावेशी अभ्यासलाई सुदृढ बनाउँदै स्थानीय सरकारसम्मको समन्वयलाई सबल बनाउनुपर्छ ।
आर्थिक सुधार
विद्युत, कृषि र पर्यटनमा लगानीमैत्री वातावरण बनाउन सरकारले अवरोध हटाउनु पर्नेछ । आप्रवासी नेपालीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।
सामाजिक समावेशीकरण
समान अवसर, सामाजिक न्याय र भाषिक–सांस्कृतिक विविधताप्रतिको सम्मानको आधारमा समाजलाई जोड्ने कार्य नयाँ वर्षको प्राथमिकतामा पर्नुपर्छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सर्वसुलभ पहुँच सुनिश्चित गर्नु अपरिहार्य देखिन्छ ।
अन्तमा, २०८१ ले देशको प्रमुख राजनीतिक दलको नेता–कार्यकर्ता पोस्नकै लागि सत्तामा पुग्ने स्वार्थ र सत्ताकै आसेपासेको चलखेलमा हुने भ्रष्टाचारको तस्बिर नागरिकले देखिसकेका छन् । अब २०८२ मा हामी कुन बाटो समाउँछौं भन्ने राजनीतिक इच्छाशक्ति, आर्थिक योजनाको स्पष्टता र नागरिक समाजप्रतिको प्रतिबद्धतामा निर्भर हुनेछ । नेपाली जनताले स्थायित्व, समृद्धि र समानताको नयाँ वर्षको अपेक्षा गरेका छन् । नयाँ वर्ष २०८२ को शुभकामना !
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares