भैरहवा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने उच्च अदालतको आदेशअनुसार सोमबार बिहान भैरहवा कारागार चलान भएका छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेलाई सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा पठाउने आदेश दिएको थियो ।
लामिछाने कारागार प्रवेश गर्दा उनले अदालतको आदेशप्रति सम्मान जनाउने संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले भने, ‘केही छैन, सम्मान छ ।’
रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए पनि निकट नेताहरूमार्फत् ४ वटा सन्देश पठाएका छन् । ‘अदालतको आदेशको सम्मान छ । कानुनले दिएको अधिकार प्रयोग गर्छु,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु ।’
उनले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सँगै अघि भनेका छन्, ‘तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्छन् ।’ उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् । उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका छन् । ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ,’ लामिछानेले भनेका छन्, ‘यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’
भैरहवाका कारागारको ब्लक नम्बर ४ मा रविलाई राखिएको छ । कारागार प्रशासनका अनुसार कारागारका चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा एक्लै राखिएको हो । कैदीबन्दीको संख्या बढ्ने क्रम जारी रह्यो भने भविष्यमा थप्न सकिने कारागारले जनाएको छ ।
सहकारी ठगी र संगठित अपराधको मुद्दामा गत माघ १३ मा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । यसपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछानेले पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि गत शुक्रबार उच्च अदालतले सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares