विराटनगर– आफन्तलाई खबर नगरि डेढ साता अघि एक घरेलु श्रमिकको दाहसंस्कार गरिएको घटनालाई शंकास्पद मान्दै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सुनसरीको इटहरी–६, विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा २१ वर्षीया चन्दा चौधरी काम गर्थिन् ।
गुप्ताका अनुसार उनी अचानक बिरामी परेपछि गत ९ फागुनमा चौधरीलाई सुरुमा इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस र त्यहाँ स्वास्थ्य अवस्था नसुध्रिए पछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अस्पतालबाट शव बुझेर गुप्ताले चौधरीका आफन्तलाई खबर नै नगरी चार जना सहित इटहरीस्थित बुढी खोला घाटमा लगेर दाहसंस्कार गरेका थिए ।
दाहसंस्कारको भोलिपल्ट मात्रै चन्दाकी दिदी रिताले बहिनीबारे खोजबीन गर्दा खबरै नगरी दाहसंस्कार गरिएको थाहा पाए पछि शंका लागेर प्रहरीमा जाहेरी दिएको थिइन् । श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि चन्दा गुप्ताको घरमा काम गर्न बसेकी परिवारजनले बताएका छन् । गुप्ताले चन्दालाई शारीरिक यातना पनि दिने गरेको आफन्तको आरोप छ । प्रहरीका अनुसार जाहेरीपछि गुप्ता पक्राउ परेका छन् । शव पनि हेर्न नपाएको र पोस्टमार्टम पनि नभएकोले अस्पतालको रिपोर्ट अनुसार अघि बढ्ने प्रहरीले भनेको छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares