विराटनगर– कोशी प्रदेशसभा बैठकमा आइतबार राप्रपाकी सांसद सबिना बजगाइँले राजा, धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन डलर खाएको र गणतन्त्र खारेजीको विषय उठाएपछि कांग्रेस र एमालेका सांसदले नियमापत्ति जनाएका छन् ।
राप्रपाकी प्रदेश सांसद बजगाइँले राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रको मसिहा ठान्ने केही नेताहरुले राजालाई थुन्ने अभिव्यक्ति सञ्चारमाध्यममा आएको देखेकोले यसप्रति प्रति घोर निन्दा र भत्सर्ना जनाउँद छु भन्ने अभिव्यत्तिः दिइन् । ‘राजालाई थुन्ने जस्ता सबै अभिव्यक्ति विदेशबाट आएको डलरको भरमा आएको हो,’ उनले भनिन्, ‘के हिम्मत छ यदी हिम्मत छ भने थुनेर देखाउन चुनौति दिन्छु ।’
उनको अभिव्यक्ति लगत्तै, एमाले सांसद विदुरकुमार लिंथेपले राजाले बोलेको विषयमा डलर खानेहरु भनेर अप्रमाणित कुरा सम्मानित सदनमा उठाउनु भएको भन्दै नियमापत्ति जनाउएका हुन् । ‘उहाँसँग त्यस्तो प्रमाण भए पेस गर्न अनुरोध गर्न चाहन्छु यदी प्रमाण नभए फिर्ता गराउन सभामुख ज्यूलाई अनुरोध गर्दछु ।’ उनले प्रदेशसभा भने । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले प्रदेश सांसद बजगाइँलाई यसमा थप कुराहरु केही भए पुष्टी गर्न समय दिएका थिए ।
अनि बजगाइँले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यमबाट डलर भित्रिएको कुरा अहिले अमेरिकाका राष्ट्रपतिबाट पनि सार्वजनिक भएको सञ्चारमाध्यमबाट र सदनमार्फत पनि यी कुराहरु आइरहेको अवस्थामा र सत्यतथ्यलाई टेकेर डलरवादी भनेको भन्दै थप स्पष्ट पारिन् । धर्मनिरपेक्षता र गणतन्त्र लादनका लागि विदेशबाट परिचालित छ र गणतन्त्र यो सदनबाट खारेजको माग गर्दछु भन्ने अभिव्यत्तिः दिइन् ।
उनले स्पष्ट पार्दै गणतन्त्र खारेजीको माग गरेपछि लिंथेपले यही व्यवस्थामा बसेर यही सदनभित्र संघीयता र गणतन्त्र खारेज हुनुपर्छ माग गर्न पाइने कि नपाइने भन्दै सभामुखसँग प्रश्न गरेका थिए । ‘संविधान निर्माण गर्ने सबै नेपाली जनताक प्रतिनिधि भएकाले उहाँहरुले बनाएको संविधानभित्र बसेर यहीँ नै खारेज गर्नुपर्छ भन्ने कुरा घोर आपत्तिजनक छ सभामुख महोदय । यो भन्न पाइँदैन, यो सम्मानित सदन हो , यो संविधान विरोधी कुरा हो, सभामुख महोदय,’ लिंथेपले भने, ‘सम्मानित सदनमा डलर खानेहरु विस्तारै बाहिर आइरहेका छन् भन्ने विषय मलाई लाग्छ राजाले बोल्नु भयो र त्यसमा केही नेताहरु आपत्ति गर्नुभयो तर आपत्ति गर्ने कुरा लोकतन्त्रले दिएको अधिकारको नै विषय हो । हामीले लडेर ल्याएको अधिकारको नै विषय हो सभामुख महोदय । त्यो हिसाबले डलर खाने, डलेरेहरु भन्न पाइन्छ कि पाइदैन ? सभामुख महाोदय । यो रेकर्डबाट हटाउनु पर्छ ।’
कांग्रेस सांसद गोम्बु शेर्पाले नेपालको संविधान र प्रदेशसभा नियमावलीले राजा चिन्दैन र अहिलेको संविधानमा नेपालमा कोही राजा छैन, त्यसकारण राजा शब्द तुरुन्त रेडर्कबाट हटाउन माग गरे ।
सभामुख विष्टले प्रदेशसभा नियमावलीको कुन विषय र नियम अनुसारको नियमापत्ति भएको प्रष्ट पार्न आग्रह गरे । त्यसपछि लिंथेपले प्रदेशसभा नियमावलीको नियम २५ मा नियमापत्तिको स्पष्ट व्यवस्था गरेको र त्यसमा अभिव्यत्ति गर्दा खेरी अरुलाई हानी नहुने, होच्याउन नहुने र बोल्न पाउने अधिकारसँगै अरुको अधिकारलाई पनि ख्याल गरेर बोल्नु पर्ने लेखिएको सुनाए । उनले नियम २० को (ग) ले संविधानको धारा १९१ को उपधारा (१) ले बहसमा बन्देज लगाएको विषय सम्मानित सदनमा छलफल गर्न नहुने उल्लेख रहेको स्पष्ट पारे । नैतिकताको प्रतिकुल हुनेगरी सदनमा बोल्न नपाइने विषय नियम २० को (घ) मा उल्लेख रहेकोले डलर खाने कुरा नैतिकतासँग जोडिएको विषय भएको लिंथेपले स्पष्ट पारे ।
सभामुख विष्टले दुई वटा राजा र डलर खाएको कुरामा नियमापत्ति रहेकोले दुई वटै कुरा रेकर्डबाट हटाउन निर्देशन दिए । राप्रपाबाट प्रदेश सांसद निर्वाचित भएर आएका सभामुख विष्टले गणतन्त्र खारेजीको विषय रेकर्डबाट हटाउन निर्देशन दिएनन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares