दाङ — लुम्बिनी प्रदेशमा चैत २७ को साँझको हावाहुरीसहितको वर्षा र चट्याङका कारण एक किशोरीको ज्यान गएको छ । विभिन्न जिल्लामा सरकारी भवनसहित नागरिकको सम्पत्तिमा क्षति पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङका अनुसार रोल्पा नगरपालिका–१० कुटिबाङकी १५ वर्षीया किशोरी सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी थिइन् । सोही स्थानमा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै बाँकेको वनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीन कोठे भवनको टिनको छाना हावाहुरीले उडाइदिएको छ । यसैगरी पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनमा पनि क्षति पुगेको छ । वडाको टिनको छाना हुरीले उडाएको प्रहरीले जनाएको छ ।
बर्दियाको मधुवन नगरपालिका–१ मा रहेको शंकर रावलको फुसले छाएको दुई कोठे घरमा चट्याङ परेपछि आगलागी भइ घर जलेर नष्ट भएको छ । अन्य जिल्लाहरूमा भने वर्षा सामान्य मात्रामा भएको जनाइएको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायहरूद्वारा प्रभावित क्षेत्रमा क्षति विवरण संकलन भइरहेको छ । मौसमविद्हरूले यस्ता मौसमी प्रणाली अझ केही दिन कायम रहन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares