१५ वैशाख २०८२, सोमबार 28 Apr 2025, Monday

माओवादी केन्द्र विराटनगर कमिटीमा जनार्दन समूहको प्यानल विजयी

द नेप्लिज संवाददाता
१४ वैशाख २०८२, आइतबार

Advertisement

विराटनगर– नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका कमिटीको नेतृत्वमा उपमहासचिव जनार्दन शर्मा निकट समूहले चमत्कारिक जित हासिल गरेको छ । शनिबार सम्पन्न निर्वाचनमा जनार्दन समूहका दिनेश कुमार राजवंशी (देव) अध्यक्षमा निर्वाचित भएका छन् । उनले ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मतमा सीमित भइन् ।

महानगर कमिटीका ८१ सदस्यले मतदान गरेका थिए । माओवादी केन्द्रको विधान अनुसार कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ । निर्वाचनमा उपाध्यक्षमा सनोज कुमार यादव (४४ मत), धर्मलाल माझी (५८ मत) र चन्द्रबहादुर वन (३६ मत) विजयी भए । सचिवमा सोनु केवटले ४२ मत र सहसचिवमा दिनेश कुमार यादव (कामत) ले ३९ मत प्राप्त गरी विजयी भए ।

न्यौपाने समूहबाट उपाध्यक्षका उम्मेदवार केमुना ओडारी (३३ मत), चन्द्रबहादुर वन (३६ मत) र शिवराम थन्दार (३३ मत) थिए। सचिवका उम्मेदवार मोहमद अजामले ३६ मत र सहसचिवमा भरत गिरीले ३२ मत प्राप्त गरेका थिए । सहसचिव पदकै उम्मेदवार चम्पा खत्रीले भने जम्मा ७ मत पाइन् ।

कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । महानगर अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुटबन्दी नगरी सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर आन्तरिक प्रतिस्पर्धा चर्किएपछि निर्वाचन अपरिहार्य बनेको थियो ।

जनार्दन समूहको नेतृत्व केन्द्रीय सदस्य शिवकुमार मण्डलले गरेका थिए भने दाहाल पक्षबाट मोरङ इञ्चार्ज कुलप्रसाद साम्बालगायत नेताहरू सक्रिय थिए । निर्वाचनपछि अध्यक्ष राजवंशीले प्रतिक्रिया दिँदै भने, ‘पार्टीप्रति विश्वास र जिम्मेवारी दिएकोमा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु । सबै मिलेर पार्टीलाई मजबुत बनाउने र विराटनगरको विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ यस अघि नेकपा एमालेको मोरङ र विराटनगर चुनावमा संस्थापन पक्षसँग असन्तुष्ट समूह प्यानलसहित जितेको थियो । 

प्रकाशित : १४ वैशाख २०८२, आइतबार 05:48
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved