३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

इण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी

द नेप्लिज संवाददाता
३० चैत २०८१, शनिबार

Advertisement

विराटनगर । चौथो संस्करणको इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधी विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले उचालेको छ । विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

विजेता वाईआरसीसीले नगद २ लाख १ हजार नगद र ट्रफी हात पारेको छ भने उपविजेता पटनाले १ लाख १ हजार नगद र कप प्राप्त गरेको छ । यसअघि तेस्रो संस्करणको प्रतियोगितामा पनि वाईआरसीसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको पटनाको टिमले १६ ओभर ३ बलमा अलआउट हुँदै १०१ रनमा समेटिएको थियो । पटनाका सुदर्शन कुमारले ३२ बलमा सर्वाधिक ४६ रन बनाए । पुरुषोत्तम कुमारले ६ बलमा १६ र नन्द किशोरले १६ बलमा ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्नन सकेनन् । वाईआरसीसीका हेमन्त धामी र राम नरेश गिरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए । हेमन्तले ४ ओभरमा ३२ रन खर्चिए भने रामले २१ बलमा १३ रन दिएर तीन विकेट हात पारे ।

१०२ रनको सामान्य लक्ष्य पछ्याएको वाईआरसीसीले ८ ओभरमा २ विकेट गुमाउँदै  विजय भएको छ । वाईआरसीसीका इमरान शेखले ३२ बलमा ७२ रनको विस्फोटक अविजित पारी खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे । उत्कृष्ट प्रदर्शन गरेका इमरान प्लेयर अफ द म्याच घोषित हुँदै नगद ३ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, वाईआरसीसीका शुभ कंसकारले ७ बलमा १२ र लोकेस बलले ८ बलमा १६ रनको योगदान गरे । पटनाका बलरहरू रेहान दास गुप्ता र नन्द किशोरले समान १–१ विकेट लिए । 

प्रतियोगिताको वाइआरसीसीका नरेश गिरी उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार, बेस्ट बलरमा होराइजनका दिपेश कडेल र बेस्ट ब्याटरमा पटनाका कुमार श्रेय भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । विजेता टिम र खेलाडीहरुलाई क्रिकेट संघ नेपालका उपाध्यक्ष रोशन सिंहले पुरस्कार वितरण गरेका थिए । 

मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा सम्पन्न प्रतियोगितामा नेपालका र भारतका ६–६ गरी १२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित : ३० चैत २०८१, शनिबार 19:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved